नेपालमा सबैलाई स्वागत छ भन्ने सन्देश गएकाे छ - कीर्तिमानी आराेही बुढामगर

काठमाण्डाै – घुँडासम्म दुवै खुट्टा गुमाउनुभएका कीर्तिमानी आराेही हरि बुढामगरले हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको सरकारले आज सम्मान गरिरहँदा धेरै खुसी लागेको बताउनुभएकाे छ ।बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफूसहितको आरोही टाेलीलाई सम्मान गर्न आयोजित कार्यक्रममा आराेही बुढामगरले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकाहरूलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताउनुभयो । शारीरिक अशक्त भएकाहरूलाई केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्द...