कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मुस्ताङ र मनाङका जिल्ला नेतृत्व सर्वसम्मत चयन भएको छ । मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत चयन भएका छन् । उनी पूर्वमन्त्री एवं संविधानसभा सदस्य पनि हुन् । मुस्ताङका ५ वटै स्थानीय तहका क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यहरूको सहमतिमा सभापतिसहित २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो ।