ट्वीटरमा चाँडै नै भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध हुने

१४ भदौ, काठमाडौं । अमेरिकी अरबपति व्यवसायी एलन मस्कले सामाजिक सञ्जाल एक्स अर्थात ट्वीटरमा चाँडै नै भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् । उनका अनुसार यो सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा उपलब्ध हुने छ  । ‘एक्समा चाँडै नै अडियो र भिडियो कलको फिचर आउँदै छ,’ उनले लेखेका छन्, ‘यसले […]

सम्बन्धित सामग्री

एक्समा चाँडै भिडियो कल सुविधा उपलब्ध हुने

ट्विटरलाई एलन मस्कले खरिद गरेपछि ‘एक्स’ नामले रिब्रान्डिङ गरिरहेका छन् । उनले यस सामाजिक सञ्जाललाई ‘एभ्रिथिङ एप’का रूपमा विकास गर्ने योजना सार्वजनिक गरेका थिए । कम्पनीकी सिइओ लिन्डा याकारिनोले चाँडै नै एक्समार्फत प्रयोगकर्ताका...

मेटलाइफको ‘हेलो बीमा’ कमिक्स भिडियो सार्वजनिक

काठमाडौं । बीमा प्रदायक कम्पनी मेटलाइफ नेपालले बीमाको महत्त्वबारे जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा ‘हेलो बीमा’ नामक कमिक्स भिडियो शृंखला सार्वजनिक गरेको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र समाजमा रहेका बीमासम्बन्धी गलत धारणालाई हटाउन यसका तीन शृंखला सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ । पहिलो शृंखलामा बीमाको आधारभूत कुरा, जसमा सेवाको फाइदा र यसलाई कसरी बैंक बचतसँग तुलना गर्न सकिन्छ भन्ने बारेमा जानकारी समावेश गरिएको छ । दोस्रो शृंखलामा प्रिमियम भुक्तानी सुविधा, उपलब्ध राइडरको बारेमा जानकारी, व्यतीत बीमालेख पुन:स्थापना गर्ने कदम र ऋण कसरी लिने भन्ने बारेमा जानकारी दिइएको बताइएको छ । तेस्रो शृंखलामा बीमा दाबी गर्ने तरीका, विभिन्न प्रकारका बीमा र उपयुक्त जीवन बीमा कम्पनी कसरी छनोट गर्ने भन्नेबारे जानकारी दिइएको छ ।

इन्स्टाग्राममा आउँदैछ रि–पोस्ट फिचर

काठमाडौं । फोटो–भिडियो शेयरिङ प्लाटफर्म इन्स्टाग्राममा अब छिटै रिपोस्ट अप्सन उपलब्ध हुने भएको छ । यो फिचरले ट्वीटरको रिट्वीट फिचरले जस्तै काम गर्नेछ । यसमा प्रयोगकर्ताले अन्य प्रयोगकर्ताका पोस्टहरु आफ्नो प्रोफाइलमा रिपोस्ट गर्न सक्नेछन् । फेसबुकमा पनि अन्य प्रयोगकर्ताका पोस्टहरु शेयर गर्ने सुविधा उपलब्ध छ । समाचार अनुसार इन्स्टाग्राममा हाल केही प्रयोगकर्ताको बीच उक्त रिपोस्ट […]

बडिगाडमा भिडियो एक्स–रे र इसीजी सेवासञ्चालनमा

बलेवा– बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी ग्वालीचौर स्वास्थ्यचौकीमा भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको हो । यसअघि बडिगाडका कुनै पनि स्वास्थ्य संस्थामा यो सुविधा उपलब्ध थिएन । गाउँपालिकाले स-शुल्क फार्मेसी सेवासमेत सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले […]

खुल्ने भयो फेसबुकको पहिलो भौतिक स्टोर

फेसबुकको मूल कम्पनी मेटा प्लाटफर्मले आफ्नो पहिलो भौतिक स्टोर (पसल) को केही झलक देखाएको छ । यसमा भर्चुअल रियालिटि (भीआर) हेडसेट लगाएर गेम खेल्ने सुविधा उपलब्ध हुनेछ भने पोर्टेबल भिडियो कलका उपकरण राखिएका छन् । स्मार्ट ग्लास (चस्मा) पनि बिक्रिका लागि उपलब्ध हुनेछ ।

तीन मिनेटसम्मको भिडियो पोष्ट गर्न मिल्ने सुविधा ल्याउने तयारीमा टिकटक

असार २०, वासिङ्टन । लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले अव तीन मिनेटसम्मका भिडियो पोस्ट गर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार यो सुविधा आगामी सातासम्ममा टिकटकका पारखीहरुले उपयोग गर्न पाउने छन् । हाल कम्पनीले १५ सेकेण्ड र अधिकतम एक मिनेटसम्मका भिडियोमात्र टिकटकमा पोस्ट गर्न सकिने सुविधा दिइरहेको छ । कम्पनीले अव यो सुविधालाई धेरैमा तीन मिनेटसम्मको बनाउने तयारी गरिरहेको छ । कम्पनीका प्रडक्ट म्यानेजर ड्रिउ किर्चहोफले यस्तो परिवर्तनले प्रयोगकर्ताको कथानक प्रस्तुति तथा मनोरञ्जनलाई थप सम्वृद्ध बनाउने बताएका छन् । सन् २०१८ मा लञ्च भएको टिकटकले आफूलाई युट्युबलगायतका अन्य प्रतिस्पर्धी प्लेटफर्मभन्दा फरक प्रस्तुति दिंदै आएको छ । धेरै प्रयोगकर्ताहरुले टिकटकमा केही समय थप होस् भन्ने इच्छा व्यक्त गरेकाले  थप सुविधा प्रदान गरिएको टिकटकले बताएको छ। तथापि कतिपयले भने लामो भिडियोहरु पोस्ट गर्न मिल्ने गरी परिवर्तन गर्दा टिकटकको लोकप्रियतामा नाटकीय गिरावट आउनुसक्ने भन्दै चेतावनी दिएका छन् । लामो भिडियोहरु पोस्ट गर्न मिल्ने अन्य थुप्रै लोकप्रिय प्लाटर्फमहरु विद्यमान रहेको अवस्थामा टिकटकलाई पनि त्यस्तै बनाउँदा त्यसले टिकटकको सफलता र लोकप्रियतालार्य फिक्का बनाउने उनीहरुको भनाइ छ । एजेन्सी

टिकटकमा तीन मिनेटका भिडियो पोस्ट गर्न सकिने

लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले प्रयोगकर्तालाई ३ मिनेट सम्मका भिडियो पोस्ट गर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ । हाल १५ सेकेण्ड र अधिकतम एक मिनेटसम्मका भिडियोमात्र टिकटकमा पोस्ट गर्न सकिने सुविधा रहेकोमा निकटले भिडियोको अधिकतम …

चेक गणतन्त्र : चिम्पान्जीहरू गर्छन् जूममा भिडियो कल !

कोरोनाभाइरसको प्रकोपका कारण जूम कलहरू बेस्सरी हिट भएको बेलामा चेक गणतन्त्रका चिडियाखानामा पनि जनावरहरूका लागि यस्तो सुविधा उपलब्ध गराउन थालिएको छ । चिडियाखानामा मानिस आउन नपाएपछि जनावरहरू बोर हुन थालेका थिए । त्यसपछि सफारी पार्क द्भुर क्रालोभका चिम्पान्जीहरूले १५० किलोमिटर पर रहको ब्रनोको चिडियाखानामा रहेका अन्य चि...