बरेङ गाउँपालिकाका वडा सचिवविहीन

काठमाडौँ,२८ असोज । बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन् । पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ । भौगोलिक हिसाबले दुर्गम पालिकामा गनिने बरेङका दरबन्दीअनुसारका वडा सचिव सरुवा भएपछि एक महिनादेखि सचिवविहीन बनेको हो । पाँचवटै वडाका वडा सचिव सरुवा भएर गइसकेका कारण पाँचवटै वडामा अन्य शाखाका कर्मचारी खटाएर […]

सम्बन्धित सामग्री

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार

४ चैत, बागलुङ। एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका-३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ । धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको […]

विद्यालय जानेक्रममा भीरबाट लडेर एक बालिकाको मृत्यु

काठमाडाैँ- बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भीरबाट लडेर मृत्यु भएको छ। बरेङ गाउँपालिका-१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर ज्यान गएको हो। मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए। उनी साथीसँत घरबाट विद्यालय जाने क्रममा भीरबाट लडेकी थिइन्। शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ।

बरेङमा प्राविधिक कर्मचारीले गर्छन् वडा सचिवको काम

बागलुङ : बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालयहरु वडा सचिवविहीन बनेका छन्। पाँचवटा वडा रहेको बागलुङको बरेङ गाउँपालिका वडा सचिवविहीन पालिका बनेको छ।भौगोलिक हिसाबले दुर्गम पालिकामा गनिने बरेङ गाउँपालिकाका दरबन्दी अनुसारका वडा सचिवहरु सरुवा भएपछि एक महिनादेखि बरेङ गाउँपालिका वडा सचिवविहीन बनेको हो। पाँच वटै वडाका वडा सचिवहरु सरुवा भएर गइसकेका कारण पाँच वटै वडामा अन्य शाखाका कर्मचारीहरु खटाएर जनताको काम नरोकिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए।अहिले बरेङका पाँच वटै वडामा स्

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बागलुङ –बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित सारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन्। बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए। टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ। बेहोस हुनेमा कक्षा ७, ८, ९ र १० मा […]

दिदीको घर हिँडेकी नाबालिका बाटोमै बलात्कृत

नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो।...

बागलुङको बरेङ गाउँपालिका अध्यक्षमा राजमो र उपाध्यक्षमा कांग्रेस विजयी

बागलुङको बरेङ गाउँपालिका अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा विजयी भएका छन् । सत्तारुढ पाँच दलिय गठबन्धनका साझा उम्मेदवार शर्मा ३ हजार ६०१ मत प्राप्त गरि विजयी भएका हुन् ।...

जहाँ चिच्याएर वर मागिन्छ

बलेवा – मार्ग शुक्ल पक्षको पूर्णिमा तिथि। स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ। धार्मिक परम्पराअनुसार यो पूर्णिमाको दिन बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यवती मन्दिर साग्दीमा रातको समयमा चिच्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने मान्यता छ। दुई वर्षयता कोरोना महामारीका कारण साग्दी पुग्न नसकेका गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लाका भक्तजन यो वर्ष बागलुङको बरेङ […]

बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र

कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत यो सडकको ११ किलोमिटर खण्डको काम सुरु भएको हो । दुई वर्षमा कालोपत्रको काम सक्ने गरी सडक स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले धमाधम काम थालेको छ । चालु […]

बरेङ गाउँपालिकाका अध्यक्ष शर्मा अस्वस्थ

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा अस्वस्थ हुनुभएको छ । शर्मा निमोनियाका कारण बिरामी भई मेडिपल्स अस्पताल रानीपौवा पोखरामा उपचाररत रहेको राजमो बागलुङले जनाएको छ । राजमो जिल्ला अध्यक्ष अमर थापाले बुधबार एक विज्ञप्ति प्रकाशित गरी शर्माको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा केही दिनदेखि निमोनियाका कारण बिरामी भई मेडिपल्स अस्पताल रानीपौवा पोखरामा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य स्थिति जानकारी एवं उपचारको आवश्यक परामर्श तथा ब्यवस्थापनका लागि ०७७ माघ २१ गते राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, बागलुङ जिल्ला अध्यक्ष अमर थापा सहितको टोली अस्पताल पुगेको थियो । उहाँको स्वास्थ्यमा क्रमिक रुपले सुधार हुदै आएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङ उहाँको स्वास्थ्य सिघ्र लाभको कामना गर्दै उपचारमा कुनै पनि कमि हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गर्दछ ।’

बागलुङको धुल्लुबाँस्कोटमा युवक संघको प्रशिक्षण भेला

सञ्जाल शर्मा, बागलुङ । अखिल नेपाल युवक संघको बरेङ गाउँपालिका– १ धुल्लुबाँस्कोटमा प्रशिक्षण तथा वडा भेला सम्पन्न भएको छ। युवक संघका गण्डकी प्रदेश सचिव तथा जिल्ला उपाध्यक्ष सञ्जाल शर्माको बिषेश उपस्थितिमा पौष २० गते सम्पन्न भएको हो । लिउँवामा सम्पन्न भेलाले पदम बहादुर रानाको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा ओमकार पौडेल , सचिव युवराज गुरुङ, सहसचिव सुमन थापा र कोषाध्यक्षमा खेम बहादुर थापा चयन हुनु भएको छ । सदस्यहरुमा कुमार घर्ती मगर, शिव ढुंगाना, पुजन आचार्य, दयाराम आचार्य, सन्तोष पोखरेल, पुर्ण परियार, कृष्ण थापा, प्रवेश आचार्य, खेम बहादुर थापा, प्रदिप पुन, टिकाराम गलामि, बलराम थापा, राम बहादुर थापा, गोपाल थापा, निरज रुजाल, डोलबहादुर नोहार, प्रेम बहादुर गुरुङ, मदन थापा र डम्बर बहादुर राना रहनुभएको छ। युवक संघका पालिका उपाध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा सुरु भएको कार्यक्रमलाई युवक संघका नेता शर्माले सम्बोधन गर्दै युवाहरु सचेत र संगठित हुदै समाजमा रहेका अन्याय, अत्याचार, शोषण र भ्रष्टाचारको विरुद्धमा सशक्त भण्डाफोर गर्दै समाज रुपान्तरणमा बिशेष भूमिका खेल्नको लागि युवाहरूलाई आग्रह गर्नु भयो। त्यसैगरी जिल्ला समन्वय प्रमुख तथा राष्ट्रिय जनमोर्चाका नेता राजेन्द्र ढुंगाना र बरेङ गाउँपालिका अध्यक्ष कृष्ण शर्माले युवाको भेलालाई प्रशिक्षण मन्तव्य दिदै देशको बर्तमान अवस्थामा, युवाको अवस्था र युवा आन्दोलनको दिशा, राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षत, उध्यमशिलता लगाएतका बिषयलाई समेटेर युवाहरूलाई उत्साही बनाउनु भएको थियो। भेलाले बरेङ गाउँपालिका– १ धुल्लुबाँस्कोट वडा समिति गठन गरे लगतै साविक वडामा टोल समिति गठन गर्ने कार्ययोजना समेत बनाएको छ। जस नुसार यहि पौष २४ गते साविक वडा ६ र ७ मा, पौष २५ गते साविक वडा न. ५ र ९ मा,पौष २६ गते साविक वडा ३ र ४ मा र पौष २७ गते साविक वडा न.१,२ र ८ मा टोल समिति गठन संगै भेला प्रशिक्षण गर्ने ठेगान गरेको छ।