बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा अस्वस्थ हुनुभएको छ ।
शर्मा निमोनियाका कारण बिरामी भई मेडिपल्स अस्पताल रानीपौवा पोखरामा उपचाररत रहेको राजमो बागलुङले जनाएको छ ।
राजमो जिल्ला अध्यक्ष अमर थापाले बुधबार एक विज्ञप्ति प्रकाशित गरी शर्माको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा केही दिनदेखि निमोनियाका कारण बिरामी भई मेडिपल्स अस्पताल रानीपौवा पोखरामा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य स्थिति जानकारी एवं उपचारको आवश्यक परामर्श तथा ब्यवस्थापनका लागि ०७७ माघ २१ गते राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, बागलुङ जिल्ला अध्यक्ष अमर थापा सहितको टोली अस्पताल पुगेको थियो । उहाँको स्वास्थ्यमा क्रमिक रुपले सुधार हुदै आएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङ उहाँको स्वास्थ्य सिघ्र लाभको कामना गर्दै उपचारमा कुनै पनि कमि हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गर्दछ ।’