प्रभु इन्स्योरेन्स सहित तीन कम्पनीको बोनस शेयर सूचीकृत,कहिलेबाट कारोबार गर्न मिल्छ ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीको कुल १ करोड २६ लाख ३३ हजार २५८ दशमलव ५८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ११ लाख ३१ हजार १८ दशमलव ०७ कित्ता,प्रभु इन्स्योरेन्सको ८ लाख ६४ हजार १०६ दशमलव ७६ कित्ता र हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १ करोड ६ लाख  ३८ हजार १३३ दशमलव ७५ कित्ता गरी कुल १ करोड २६ लाख ३३ हजार २५८ दशमलव ५९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न पाउनेछन् ।  हाइड्रोइलेक्ट्रीसिटीले गत पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै स्वरोजगार लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २२ प्रतिशत बोनस शेयर र प्रभु इन्स्योरेन्सले फागुन २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।   

सम्बन्धित सामग्री

प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड (Prabhu Insurance Limited)ले ६ दशमलव ७० प्रतिशत बोनस शेयर (Bonus Share) वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभा (AGM)बाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृतपश्चात् वितरण गरेको हो ।  गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांशसमेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस शेयर कर वापतको रकम शेयरधनीहरूले तिर्न नपर्ने भएको छ ।  कम्पनीले लाभांश (Dividend) तथा साधारण सभा प्रयोजनका लागि फागुन १२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । फागुन ११ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा उक्त बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको खण्डमा फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी (Paid up Capital) रू. १ अर्ब ३७ करोड ६१ लाख २२ हजार कायम भएको छ ।

तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चैत १६, काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ । प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन हो । यी तीन ओटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बिहीवारदेखि बुक क्लोज गर्ने भएसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  प्रभु इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा हुने जानकारी दिएको छ ।  त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा हुने जानकारी दिएको छ । त्यस्तै, आरम्भ चौतारी लघुवित्तले गत आवसम्मको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २७ गते साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा बनेपा पार्टी भेन्यू, बनेपा-८, काभ्रेपालञ्चोकमा हुने जानकारी दिएको छ ।

लाभांश पारितका लागि प्रभु इन्स्योरेन्स कम्पनीले बोलायो चैत ३० मा साधारण सभा

चैत ४, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । सभा प्रभु कम्प्लेक्स तिनकुने काठमाडौंमा बिहान ११ बजे राख्ने कम्पनीले जानकारी दिएको हो । सभाले ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्तापुस्तिका चैत १७ गते गर्ने जानकारी दिएको छ । यस आधारमा चैत १६ गते सम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउने छन् ।  कम्पनीको चैत २ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रभु इन्स्योरेन्स कम्पनीद्वारा ११.५८ % लाभांश घोषणा

पुस ३०, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  कम्पनीले ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।  कम्पनीको पुस २९ गते बसेको सञ्चालक समिथिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो पनि हेर्नुस् : ९ महीनामा प्रभु इन्स्योरेन्सले कमायो १५ करोड ९८ लाखभन्दा बढी नाफा प्रभु इन्स्योरेन्स कम्पनीद्वारा १०.५३ % लाभांश प्रस्ताव

प्रभु इन्स्योरेन्सको १०% बोनस शेयर हितग्राही खातामा जम्मा

साउन ४, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।  कम्पनीले जेठ ६ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर वैशाख २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । त्यस पश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा पनि क्रमशः हितग्राही खातामै बोनस शेयर वितरण गर्ने जानकारी कम्पनीले गराएको छ ।  कम्पनीले उक्त बोनस शेयर साउन १ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो । साउन ३ गते आइतवारदेखि कारोबारयोग्य भएको यो शेयर सम्बन्धीत शेयरधनीहरुले हितग्राही खातामा जम्मा भएपछि अब भने कारोबार गर्न सक्नेछन् ।  कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीहरुले शेयर रजिष्ट्रार कार्यालय वा आफुलाई पायक पर्ने प्रभु बैंकको शाखा कार्यालय वा अन्य कुनै निक्षेप सदयहरु मार्फत हितग्राही खाता खोली डिम्याट गरी बोनस शेयर आफ्नो हितग्राही खातामा प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत

असार ३१, काठमाडौं । बिहीवार नेप्सेमा प्रभु इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अब यो कम्पनीको शेयर आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत जेठ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रभु इन्स्योरेन्सद्वारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं, ६ जेठ । प्रभु इन्स्योरेन्स कम्पनीको आज वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सको आज सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाको हाल कायम चुक्तापुँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत […]

प्रभु इन्स्योरेन्सको साधारण सभा आज हुँदै

जेठ ६, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको साधारण सभा बिहीवार हुँदैछ ।  कम्पनीले सभा प्रभु कम्प्लेक्स तिनुकनेमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको प्रबन्धपत्रमा सामुहिक लगानी कोष सञ्चालन गर्ने उद्येश्य थप गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।  उक्त कम्पनीको लाभांश गत वैशाख २५ गतेसम्म काययम शेयरधनीले पाउने छन् ।