कुमारी क्यपिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौं । कुमारी क्यपिटल लिमिटेड नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा आबद्ध भएको छ ।आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनपीएसमा आबद्ध भएको कुमारी क्यापिटलले जनाएको छ । सम्झौतापत्रमा कुमारी क्यपिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता पश्चात कुमारी क्यापिटलका […]

सम्बन्धित सामग्री

लिबर्टी माइक्रो लाइफ नेशनल पेमेन्ट स्वीचमा आबद्ध

लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । यस

लिबर्टी माइक्रो लाइफ नेशनल पेमेन्ट स्वीचमा आबद्ध

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपिएस)मा आबद्ध भएको...

नेपाल डिजिटल पेमेन्ट्स अब नेशनल पेमेन्ट स्वीचमा आबद्व

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच पहिलो चरणमा कार्यान्वयन गर्न सम्झौता भएको छ । एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स लिमिटेड (एनडीपीसी)बीच यससम्बन्धी सम्झौता भएको हो । सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात एनडीपीसीद्वारा सञ्‍चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी

गुहेश्वरी मर्चेन्ट नेशनल पेमेन्ट स्वीचमा आबद्ध

नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीच प्रणालीको पहिलो चरणमा एनसीएचएल र गुहेश्वरी मचेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ ।सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र नेपाल क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंहले हस्ताक्षर गरे । सम्झौता फाइनान्सका मुख्य प्रवन्धक अर्चना प्रधान, र वरिष्ठ प्रवन्धक शिल्पा प्रधानाङ र क्लियरिङ […]

राष्ट्रिय वाणिज्य बैंक पनि नेशनल पेमेन्ट स्वीच र कर्पोरेट पे प्रणालीमा आबद्ध

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंक बीच आज औपचारिक रुपमा सम्झौता भएको छ । साथै बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात पनि गर्ने भएको छ । उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंक लि. का उप कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुरुप राष्ट्रिय वाणिज्य बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्ने छन् ।  उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंकले आफ्नाग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । साथै बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई डिजिटल प्ल्याट्फर्मको रुपमा कर्पोरेट पे  प्रणाली उपलब्ध गराई उक्त प्रणालीमार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत connectIPS अथवा NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् । कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । राष्ट्रिय वाणिज्य बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीले तथा कर्पोरेट पे प्रणालीको सुरुवातले बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्नेे विश्वास गरेको छ ।  हाल नेशनल पेमेन्ट स्वीचमा ३४ वटा बैंक÷वित्तिय  संस्था र १ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३५ वटा संस्था आबद्ध रहेका छन् भने ऋइच्एइच्ब्त्भ्एब्थ् प्रणाली हाल ३५ वटा बैंक÷वित्तिय संस्था मार्फत उपलब्ध रहेको छ ।

हिमालयन बैंक र क्लियरिङ हाउसबीच नेपालपे क्यू आर सेवा प्रदान गर्ने सम्झौता

हिमालयन बैंक Himalayan Bank Limited  र नेपाल क्लियरिङ हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौता भएको छ। क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्यु आर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन सम्झौता भएको बैंकले जनाएको छ ।सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने विश्वास बैंकले लिएको छ । ग्राहकहरुले नेपालपे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआर   मार्पmत डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत एनसीएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने बैंकले उल्लेख गरेको छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई संचालनमा आएको उक्त नेपाल पे क्युआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकले जनाएको छ ।बैंकका अनुसार यस प्रणालीमा आवद्ध भए पश्चात ग्राहकहरुले नगदै भुक्तानी गर्नु पर्ने झण्झटबाट मुक्त हुनेछन् । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र  क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।