एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा हिमालयन बैंक आबद्ध, पहिलो चरणमा नेपाल पे क्युआर सेवा

हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता भएको छ। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र  नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। एनसीएचएलले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्युआर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधाहरु उपलब्ध गराउन हिमालयन बैंकसँग सम्झौता भएको हो।  सम्झौतापत्रमा हस्...