सामान्यतया भिजिट भिसा भनेको आफ्नो देशबाट अर्को देशमा घुम्न जाने भिसा हो । यो निश्चित समयका लागि हुन्छ । त्यो निश्चित समय पुरा भएपछि घुमेर फर्कने हो । तर पछिल्लो समय युवाहरू भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने क्रम एकदमै बढेको छ । भिजिट भिसामा वैदेशिक रोजगारीमा गएर समस्यामा परेर नेपाल फर्किएपछि पिपल फोरममा न्यायका लागि आउनु भएकाहरुको आधारमा भन्नुपर्दा कोरोना महामारीपछि भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने र समस्यामा पर्ने क्रम बढेको छ ।कोरोना महामारीको असर गन्तव्य देशमा पर्दा कामको माग पनि कम आउनु र विभिन्न का...