राजदूत क्वात्रा भारतीय विदेश सचिव नियुक्त

काठमाडौं : नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिव नियुक्त गरेको छ।भारतीय मन्त्रिपरिषद्को नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गरेको हो। वर्तमान विदेश सचिव हर्षवर्द्धन श्रृंगला आगामी अप्रिल ३० मा सेवा निवृत्त भएपछि क्वात्राले जिम्मेवारी सम्हाल्ने छन्।सन् १९८८ मा विदेश सेवा प्रवेश गरेका क्वात्रा झण्डै तीन वर्षअघि नेपालका लागि राजदूत नियुक्त भएका थिए। उनी विदेश सचिव भएपछि भारतले नेपालका लागि नयाँ राजदूत पठाउनेछ।  

सम्बन्धित सामग्री

नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त

काठमाडौँ– नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन्। भारतको मन्त्रिपरिषद्को नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गर्ने निर्णय गरेको हो। अहिलेको भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाको कार्यकाल आगामी अप्रिल ३० मा सकिएपछि क्वात्राले विदेश सचिवको जिम्मेवारी सम्हाल्नेछन्। क्वात्रा भारतीय विदेश सेवामा ३२ वर्ष बिभिन्न जिम्मेवारीका कार्यअनुभव सँगालेका कूटनीतिज्ञ हुन् […]