सुटिङमा अभिनेताले गोली चलाउँदा क्यामेरापर्सनको मृत्यु

अमेरिकी अभिनेता एलेक बाल्डविनले फिल्म सुटिङका दौरान बन्दुक चलाउँदा फोटोग्राफी निर्देशक हलिना हचिन्सको मृत्यु भएको छ । ‘रट’ फिल्मको एक्सन सिन सुटिङ भइरहँदा गोली चलेको हो । गोलीले ४२ वर्षीया हचिन्स घाइते भएपछि उनलाई  हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । तर, ज्यान बचेन । त्यसैगरी, निर्देशक जोइल सुजा पनि घाइते भएका थिए ।उनको अहिले उपचार भइरहेको छ ।   फिल्मी दुनियाँमा यस्ता दुर्घटनाका खबरहरु दुर्लभ रुपमा मात्रै सुनिने गरेका छन् । बन्दुकको प्रयोग गर्दा कडा सुरक्षा मापदण्ड

सम्बन्धित सामग्री

पेरिस आक्रमण : बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु

पेरिसमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आक्रमणकारीले कुर्दिश साँस्कृतिक केन्द्रलाई निशाना बनाएर स्थानीय समुदायका सदस्यहरूलाई गोली हानेको बताइएको छ। ६९ वर्षीय एक संदिग्धलाई घटना लगत्तै गिरफ्तार गरिएको थियो। उनी हालसालै जेलबाट छुटेको खुलेको छ। आक्रमणपछि घटनास्थलमा जम्मा भएका समूह…

भर्जिनियाको वालमार्ट स्टोरमा म्यानेजरले गोली चलाउँदा ६ जना कर्मचारीको मृत्यु

भर्जिनियाको चेसपेकमा रहेको वालमार्ट स्टोरका म्यानजेरले विश्राम कक्षमा अन्य कर्मचारीहरूमाथि गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । अमेरिकामा चारदिनको अन्तरालमा भएको यो उच्च प्रकारको सामूहिक गोलीबारीको दोश्रो घटना हो । बन्दुकधारीले कर्मचारीहरुको हत्या गरेपछि आफैमाथि गोली चलाएको जनाइएको छ । प्रहरीले बन्दुकधारीलाई पनि मृत अवस्थामा फेला पारेको थियो । गोली चलाउनुको कारण स्पष्ट भएको […]

‘गे क्लब’ भित्र बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाकाे मृत्यु, १८ घाइते

अमेरिकामा एक ‘गे क्लब’ भित्र बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बन्दुक हमलामा अन्य १८ जना घाइते भएका छन्

थाइल्याण्डमा पूर्व प्रहरीले गोली चलाउँदा बालबालिकासहित ३१ जनाको मृत्यु

२० असोज, काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा एक पूर्वप्रहरी अधिकारीले गोली चलाउँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तको नोङ बुवा लाम्फुमा अवस्थित बालबालिका हेरचाह केन्द्र (नर्सरी)मा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ । आक्रमणपछि बन्दुकधारी अझै फरार छन् । मृत्यु हुनेमा […]

मेक्सिकोमा अन्धाधुन्द गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु

२० असोज, काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजना मेयरसहित १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको […]

रुसको एक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा १५ जनाको मृत्यु

रुसको इजेभस्क शहरको एक विद्यालयमा सोमबार एकजना बन्दुकधारीले गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ।  ज्यान गुमाउनेमा ११ जना विद्यार्थी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउने विद्यार्थीहरुको उमेर ११ वर्षभन्दा कम रहेको बताइएको छ। उक्त गोलीकाण्डमा ११ विद्यार्थीका साथै दुई शिक्षक र दुई सेक्युरिटी गार्ड पनि मारिएका छन्। घटना भएको विद्यालयमा करिब एक हजार […]

श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, अमेरिकाको निन्दा

७ वैशाख, काठमाडौं । श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको छ । श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो। प्रहरी प्रवक्ता […]

विश्वविद्यालयमा युवकले गोली चलाउँदा ८ जनाको मृत्यु

४ असोज, काठमाडौं । रुसको एक विश्वविद्यालयमा हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी मस्कोबाट ७०० माइल टाढा पर्म शहरस्थित एक विश्वविद्यालयमा आक्रमण भएको हो । स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजे विश्वविद्यालयमा प्रवेश गरी १८ वर्षका टिमुर बेक्मानसुरोभले गोली चलाएका थिए । घटनामा परी केही […]

अमेरिकाको इन्डियानापोलिसमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा आठजनाको मृत्यु

काठमाडौं। अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाउँदा कम्तीमा आठजनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरू धेरै व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। प्रत्यक्षदर्शीहरूले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन्। प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएको छ।