काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । ग्राहक, अभिकर्ता र कर्मचारीका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन केयर सुविधाअन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार सिटिजन लाइफमा आबद्ध ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्योपचार सेवाशुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरे ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, अस्पतालका व्यवसाय विकास व्यवस्थापक विनोद अधिकारी र कम्पनीका अन्य पदाधिकारीको उपस्थिति थियो ।