सिटिजन लाइफ इन्स्योरेन्स आफ्नो स्थापनाकालको चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले आगामी दिनहरुमा थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत वार्षिकोत्सवको अवसरमा व्यक्त गरेको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष प्रदिप जङ्ग पाण्डेले कम्पनीले प्रदान गर्दै आएको सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाउने प्रतिबद्धता जनाए । यसैगरी प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकाय