भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ । गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका लागि सम्झौता गरिएको छ ।महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेलका अनुसार यस वर्ष साझापुर मावि मेघौली र श्री मावि ढड्डाघारीलाई बस खरिदका लागि बजेट उपलब्ध गराउन सम्झौता गरिएको छ । ती दुई विद्यालयलाई रु १७ लाख ५० हजारका दरले बजेट उपलब्ध गराइँदै छ ।ती विद्यालय र महानगरपालिकाबीच बस खरिदका लागि सम्झौता गरिएको छ ।