मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार बिहान चेकजाँचका क्रममा विभिन्न स्कुलका पाँचजना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको पाइएको प्रहरीको भनाइ छ ।ट्राफिक प्रहरीले गत ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाउँदै आएको छ । आइतबार मात्र १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा कार्यालयले नियमानुसार कारबाही गरेको