काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट ६७० कैदीबन्दीको सजाय मिनाह भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालाजुमा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सदनबाट यससम्बन्धमा सरकारसँग जवाफ माग्ने र सदनमा सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार बैठकले कैद माफी मिनाहासम्बन्धी विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई