ऐतिहासिक नगर भक्तपुरको एक विद्यालयमा पानी ट्याङ्की खन्ने क्रममा ऐतिहासिक सम्पदाका अवशेष भेटिएको छ । भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर परिसरमा रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा सो अवशेष फेला परेको हो । पानी ट्याङ्की खन्ने जमिनको सतहबाट साढे छ फिटमुनि ट्याङ्की खन्दा मल्लकालिन ईटा (टेपु ल्हाँ, चिकं अप्पा (तेलीय इँटा), फ अप्पा, दाँची अप्पा)ले बनाइएका पेटीलगायत …