दुई वर्षअघि हेलिकप्टरमा सगरमाथा क्षेत्र जानुपर्ने चिनियाँ पर्यटक झुक्किएर अन्नपूर्ण पुगे । अन्नपूर्ण आधार शिविर (एबीसी) पुगेपछि मात्रै फरक गन्तव्यमा पुगेको उनीहरूले भेउ पाए । भाषाकै समस्याले चिनियाँ जोडीलाई आइपरेको समस्याको प्रत्यक्षदर्शी थिए, एयर डाइनेस्टी हेलिकप्टरको पोखरा कार्यालयमा कार्यरत सुरज घिसिङ । चिनियाँ पर्यटकसँग दोहोरो संवाद गर्न नसक्दा पर्ने समस्याको भुक्तभोगी उनी अहिले चिनियाँ भाषा सिकिरहेछन् ।