करको दायरा बढाउन र दर घटाउन परामर्श समिति बनाउँछु : मेयर कोइराला

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार ग्रहण गरेका छन्। उनले सोमबार पदभार ग्रहण गरेलगत्तै करको दायरा बढाउने तर दर घटाउन एउटा परामर्श समिति बनाउने निर्णय गरेका छन्।स्थानीय सरकार सञ्चालन ऐन २०४४ को दफा ६५ मा स्थानीय राजस्व परामर्श समिति गठन गर्ने प्रावधान छ। चुनावमा गरेको बाचाअनुसार करको दर घटाउने र दायरा बढाउनका लागि परामर्श समिति गठन गर्ने  कोइरालाले बताए। उनले सबैसँग समन्वय गरेर महानगरको काम गर्ने प्रतिबद्धतासमेत जनाए।

सम्बन्धित सामग्री

महानगर पूर्वबजेट छलफलमा करको दायरा बढाउन सुझाव

विराटनगर (अस) । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल शुरू गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको बारेमा छलफल शुरू गरेको हो ।  महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमवार उद्योग वाणिज्य महासंघ, उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन), एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), घरेलु तथा साना उद्योग महासंघलगायतका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । छलफलमा सहभागीहरूले करको दर नभई दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । हाल महानगरले केही क्षेत्रमा दोहोरो कर उठाइरहेको गुनासो समेत उनीहरूको थियो । छलफलमा अफिनका अध्यक्ष डा. शंकर अधिकारी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष ज्ञानु खड्का, मोरङ अध्यक्ष अमित ढकाल, विराटनगर अध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव अशोक लामा, एनप्याब्सन मोरङ अध्यक्ष पराग ढुंगानाले विभिन्न सुझाव दिएका थिए ।  त्यसैगरी उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका देवकीनन्दन अग्रवाल, घरेलु तथा साना उद्योग संघ मोरङकी अध्यक्ष सुनिता छाराहाङ, घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष नरेन्द्रप्रसाद हुमागाईं, नेपाल डेन्टल एशोसिएशन मोरङकी महासचिव डा. मीरा आचार्य, मोरङ बचत संघकी अध्यक्ष सीता लामिछाने, बृहत् साकोसका अध्यक्ष योगेन्द्र साहलगायतले करको दरभन्दा दायरा बढाउनुपर्नेमा जोड दिए ।  उनीहरूले जनताका आधारभूत सेवाका क्षेत्रका रूपमा रहेको शिक्षा र स्वास्थ्यमा कर नबढाउन सुझावसमेत दिए । महानगरको नेतृत्वले सरसफाइ, पार्किङ, सुशासनलगायत क्षेत्रमा महसूस हुनेगरी काम गरेको दाबी गरेको छ । मेयर कोइरालाले प्राप्त सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

सूर्तिजन्य पदार्थमा करको दायरा बढाउन सांसद नागिना यादवको सुझाव

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाएकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारलाई यस्तो सुझाव दिएकी हुन् । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी छ । यही बेला सत्तारुढ दल कांग्रेसकी सांसद यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाएकी हुन् । विश्व स्वाथ्य […]

करको दायरा बढाउन नागरिकतासँगै प्यानकार्ड दिन चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष करको दायरा बढाएर राजस्व संकलनको लक्ष्य पूरा गर्नुपर्ने प्रस्ताव गरेको छ । अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. महतलाई भेटेर करको दायरा बढाएर मात्र राजस्वको लक्ष्य पूरा गर्न सकिने बताएको हो । “करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाइनुपर्दछ” चेम्बरले भनेको छ, “यसका लागि नागरिकतासँगै प्यानकार्डको […]

करको दायरा बढाउन अर्थमन्त्रीसमक्ष चेम्बरको आग्रह

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष नेपाल चेम्बर अफ कमर्सले करको दायरा बढाउन आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर करको दायरा बढाएर राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आग्रह गरेको हो । “करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाउनुपर्छ, यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्छ”, चेम्बरले भनेको […]

महानगरले करको दायरा बढाउन भूमिका खेल्छ : उपप्रमुख डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भूमिकामा सहजीकरण गर्न तयार रहेको बताएकी छन्।बिहीवार काठमाडौंमा ग्रील तथा स्टिल व्यवसायी संघले बागमती अधिकार सम्पन्न सभ्यता एकीकृत समितिलाई सरसफाई औजार तथा बिरुवा सुरक्षा जाली हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले व्यवसायीहरुलाई व्यवसाय दर्तामा समेत सहजीकरण गर्ने र करको दायरा बढाउने काममा सहजीकरण गर्ने बताएकी हुन्।उनले अहिले काठमाडौं महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आ

धरानमा कर सम्बन्धी व्यवस्था वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन

धरान । धरान उपमहानगरपालिकामा हर्क साम्पाङ्ग मेयर भएको भोलिपल्ट नै कर सम्बन्धी व्यवस्थाहरूलाई वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन भएको छ । साम्पाङगले पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै आन्तरिक राजश्व बढाउन, करको दायरा बढाउन अध्ययन गर्ने कार्यदल गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिएका हुन् ।

धरानमा हर्कको पहिलो निर्णय ‘कर प्रणाली व्यवस्थित गर्न कार्यदल’

१० जेठ, धरान । धरान उपमहानगरपालिकामा हर्क साम्पाङ्ग मेयर भएको भोलिपल्ट नै कर सम्बन्धी व्यवस्थाहरुलाई वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन भएको छ । साम्पाङगले पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै आन्तरिक राजश्व बढाउन, करको दायरा बढाउन अध्ययन गर्ने कार्यदल गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिएका हुन् । कार्यदल गठन गर्ने निर्णयमा […]

करको दायरा बढाउन सुझाव

वीरगन्जका उद्योग व्यवसायीले आगामी आर्थिक वर्षका लागि वीरगन्ज महानगरपालिकाले ल्याउने बजेट र नीति तथा कार्यक्रममा करको दरभन्दा दायरा बढाउन सुझाव दिएका छन् ।

करको दायरा बढाउन सुझाव

घोराही उपमहानगरवासीले करको दरभन्दा पनि करको दायरा बढाउने गरेर वार्षिक नीति तथा कार्यक्रम ल्याउन घोराही उपमहानगरपालिकालाई सुझाव दिएका छन् ।