सत्ता पक्षका सांसद भन्छन्– बजेटमाथिको छलफल स्थगन गर्नु ठिक होइन

सत्ता पक्षका सांसदहरुले किसानका लागि रासायनिक मलको अभाव अहिलेको प्रमुख समस्या रहे पनि बजेटमाथिको छलफल नै स्थगन गर्नु ठिक नभएको बताएका छन् ।  नेकपा एमालेका सांसदहरुले रासायनिक मलको अभावबारे छलफल गर्नका लागि ल्याएको स्थगन प्रस्तावमाथि छलफल गर्दै सत्ता पक्षका सांसदले खेतीको सिजनमा मलको अभाव नेपाल र नेपाली जनताको नियति नै भएको बताए । नेपालमा मल उत्पादन नहुने भएका कारण नै हरेक वर्ष खेतीको सिजनमा मल अभाव हुने गरेको भन्दै उनीहरुले नेपालमै मलको कारखाना खोल्नतर्फ सरकारले काम अघि बढाउनुपर्नेमा ज

सम्बन्धित सामग्री

एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक शुरु हुनासाथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्नका लागि अनुमति दिएका थिए ।   सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको अभिव्यक्ति राष्ट्रियहितविपरीत रहेको आरोप लगाए । उनले प्रधानमन्त्रीको भनाइ गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताए ।  अध्यक्ष तिमिल्सिनाले पटक–पटक एमालेका सांसदलाई आसन ग्रहण गर्न आग्रह गरे । तर, सांसदहरूले उभिएर विरोध जनाइरहे । अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर उहाँको धारणा सुन्ने वातावरण बनाउने र बजेटको संवेदनशीलतालाई ध्यानमा राखेर बैठक सञ्चालनका लागि आग्रह गरेका थिए ।  राष्ट्रियसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । त्यस्तै, विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।  राष्ट्रियसभाको अर्को बैठक यही असार २२ गते शुक्रबार १२ः२९ बजे बस्नेछ । रासस

संसदले निर्देशन दियो, सरकार आफैंलाई विश्वास छैन

३० जेठ, काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा मल नपाएका किसानका कष्टका बारेमा साढे ६ घण्टा लामो छलफल भयो । छलफलपछि प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी  ‘स्थगन  प्रस्ताव’ सर्वसम्मतिले पारित गर्दै प्रतिनिधिसभाले सरकारलाई […]

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, ३० जेठ । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सांसदहरुले सार्वजनिक महत्वको प्रस्तावमाथिको धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको छलफल स्थगन गरेर मलको विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । सोही प्रस्तावमाथि सांसदहरुले धारणा राखिसकेपछि सभामुख […]

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

सोमबारको प्रतिनिधिसभा बैठक केही घण्टा बसेर आधा घण्टाका लागि स्थगित भएको छ ।  सार्वजनिक महत्वको प्रस्तावमाथिको सांसदहरुले धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको मन्त्रालयगत छलफल स्थगन गरेर मुख्य बाली धान खेती लगाउने बेलामा किसानले मल नपाएको भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । सोही प्रस्तावमाथि सांसदहरुले आआफ्ना धारणा राखिसकेपछि सभामुख अग्नि सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका ह

संसदमा मलमाथि छलफल चल्दाचल्दै कृषिमन्त्री निदाएपछि....

प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल छल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् ।प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् । खातुन रोष्टममा गएर किसानले मल नपाउनुको कारण मन्त्री यादवले दिने बताउँदै थिइन् । सोही समयमा मन्त्री यादव निदाइरहेका देखिन्थे ।आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट

४ लाख मेट्रिक टन मल तत्काल चाहियो : अधिकारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मलबारे स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसद अधिकारीले मल ल्याउनेबारे सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका थिए । उनले भने,‘सबैभन्दा ठुलो चुनौती ४ लाख मेट्रिक टन मल अहिले […]

एमसीसी सम्झौता स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं, १५ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले एमसीसी सम्झौतालाई स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरू भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले राष्ट्रिय सहमति कायम गरेर एमसीसी सम्झौताको विषय टुंग्याउनुपर्ने बताए । सदनमा एमसीसी सम्झौताको बुँदा बुँदामा छलफल गर्नुपर्ने वातावरण बनाउनुपर्ने जोड दिँदै उनले […]

एमालेको नाराबाजी नरोकिएपछि प्रतिनिधि सभाको बैठक मंगलवारसम्मका लागि स्थगित

अवरोध खुलाउने प्रयास स्वरूप छलफल गर्दा समेत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले मंगलवारसम्मका लागि बैठक स्थगित गरेका छन् । आइतवारको पहिलो बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेपछि बैठक स्थगन गरेर सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए ।   कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेतको सहभागितामा भएको छलफल लगत्तै बसेको दोस्रो बैठकमा समेत एमाले सांसदहरूले नाराबाजी गरे । सभामुखले बैठ...

सभामुखसँग संवादपछि पनि रोकिएन एमालेको अवरोध, दोस्रो बैठकमा समेत नाराबाजी

सभामुख अग्निप्रसाद सापकोटाले सदनको अवरोध खुलाउने प्रयास स्वरूप छलफल गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । आइतवारको पहिलो बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेपछि बैठक स्थगन गरेर सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेतको सहभागितामा भएको छलफललगत्तै बसेको दोस्रो बैठकमा समेत एमाले सांसदहरूले नाराबाजी गरेका हुन् । सभामुखले बैठक शुरू भएको जानकारी गराउने बित्तिकै एमा...