सभामुखसँग संवादपछि पनि रोकिएन एमालेको अवरोध, दोस्रो बैठकमा समेत नाराबाजी

सभामुख अग्निप्रसाद सापकोटाले सदनको अवरोध खुलाउने प्रयास स्वरूप छलफल गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । आइतवारको पहिलो बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेपछि बैठक स्थगन गरेर सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेतको सहभागितामा भएको छलफललगत्तै बसेको दोस्रो बैठकमा समेत एमाले सांसदहरूले नाराबाजी गरेका हुन् । सभामुखले बैठक शुरू भएको जानकारी गराउने बित्तिकै एमा...