तौल घटाउन तथा फिट रहनका लागि मानिसहरू हर्बल टी पिउने गर्छन् । हर्बल टी बनाउँदा र पिउँदा केही कुरामा विशेष ध्यान दिनुपर्छ ।
दूध प्रयोग नगर्ने
धेरै मानिसलाई दूधविनाको चिया के चिया भन्ने लाग्छ । तर तौल घटाउनलाई हर्बल चिया पिउँदा त्यसमा दूध मिसाउनुभयो भने प्रभावकारी हुँदैन । दूधमा भएका पोषक तत्त्वका कारण तौल घटाउन बाधा पुग्छ ।
चिनी नहाल्ने
हर्बल टीमा चिनी मिसाउँदा क्यालोरी धेरै बढ्छ । यसले हर्बल टी पिइरहनुको उद्देश्यलाई असफल बनाउँछ ।
फेरि नतताउने
हर्बल टीलाई घरिघर तताउँदा त्यसमा भएको प्राकृति...