काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका छन्।सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाए।उनले प्रहरीको शासन चलाउन खोजेको हो? भनेर गृहमन्त्रीलाई प्रश्नसमेत गरे। उहाँले गृहमन्त्रीले आफ्नो भाई मेयर भएको सो नगरपालिकामा प्रहरीको ज्यादती गराएको आर