विदेश जानेमाथि खेलकुदमन्त्रीको असन्तुष्टि- घरजग्गा राखेर जाने अनि सरकारलाई गाली गर्ने !
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले घरजग्गा बैंकमा राखेर छोराछोरीलाई विदेश पठाएर बुबाआमाले सरकारलाई गाली गर्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नकारात्मक कुरा गर्ने बानी बस्न थालेको र विदेश जाने फेसन चलेको बताएका छन् । घरपायक जागिर समेत छाडेर विदेश जाने र जो स्वदेशमा छ उसैलाई गाली …
पृथ्वीनारायण शाहले नेपालको भूगोल जोडे । भानुभक्तले भाषामार्फत नेपाली भावना जोडे । हाम्रा पुर्खाले विभिन्न जातजाति, धर्म, संस्कृति जोडेर नेपाली माला बनाए । तर, पहिले गला जोड्ने नेपाली अहिले एकअर्काको गाला फोड्न थालेका छन् । सियो बनेर पसेको विदेशी विकृति मियोे बनेर निस्कियो । हिजोको नेपाल दिउँसै दियो बालेर खोज्नुपर्ने भयो । देश जोड्ने खेलो होइन, विघटन गराउने मेलो चलिरहेको छ ।
छ्याकन कति आउँछ भन्ने दर निर्धारण गरिसकेपछि अध्ययन योजना बन्छ । अनि उता बजेट जान्छ, बल्ल यता अध्ययन शुरू हुन्छ । विकासको न भिजन छ न मिसन । छ त केवल कमिसन ।
देश भावना र विश्वासले बन्छ भन्छन् । नेताहरू विभिन्न जातजातिलाई उचालेर, उक्स्याएर त्यही भावना र विश्वास तोड्ने विष घोलिरहेछन् । दुनियाँलाई तमाशा देखाइरहेछन्, देशलाई विघटनको बाटोमा कुदाइरहेछन् । भाषणमा राष्ट्रवादी, व्यवहारमा लेन्डुपवादी । नपत्याए १ नं प्रदेशको नाममा भएको विवाद नै हेर्नुस् न । प्रदेशको नाम कोशी राख्नुस् कि सुनकोशी जनतालाई त्यसको बालै भएन । तर, आफै नाम राख्ने, फेरि त्यसकै विरोधमा आफै सडक तताउने यो त चालै भएन ।
किताबको कम्युनिज्मले बाँडेर खाऊ, सित्तैमा नखाऊ, आफ्नो नाममा सम्पत्ति नराख भन्छ । तर यहाँ त सात पुस्तालाई पुग्नेगरी कमाउने, आफ्ना कार्यकर्तालाई मनलाग्दी सरकारी जग्गाजमीन कब्जा गर्न लगाउने । भूमि आयोगमा आफ्ना कार्यकर्ता भर्ती गरेर तिनलाई लालपुर्जा वितरण गर्ने काममा क्रान्तिकारी लाग्या छन् । यिनले महँगो खाली ठाम देख्नै हुन्न । पैसो झर्ने ठाम भेट्नै हुन्न, खुरुक्क आफ्नो पारिहाल्छन् । राजपाट होस् वा देवघाटमा, बालुवा खानी होस् कि चुनखानी सरकार दानी बनेर आफन्तको पोल्टामा पार्दिहाल्छ । कस्तो सर्वहारी, कस्तो कम्युनिज्म हो यो ?
नेतालाई देश नचाहिने रहेछ, सत्ता र भत्ता भए पुग्ने रहेछ । त्यसैले विद्यार्थीदेखि शिक्षकसम्म, पत्रकारदेखि कर्मचारीसम्म सबैलाई दलहरूले आआफ्ना दलका दले बनाइदिएका छन् । दले र खलेको धर्म हुन्न । खल्ती भर्नेबाहेक यिनको केही मर्म हुन्न । जिम्मेवारी त एकादेशको कथा । एमाले, समाजवादी, कांग्रेस, माओवादी वा कुनै वादी भएपछि न देश चाहिने रहेछ, न कानून र समाज नै । राजनीति तिनका लागि झेल रहेछ । सबै शक्ति लगाएर चुनाव जितेपछि देशको टुक्रा टुक्राले खल्ती भर्ने खेल रहेछ ।
त्यसैले एकताको नाममा घृणा र विद्वेष रोपिएको छ । देश छैन, जमातमा छन्, जनता भीडको प्रमादमा छन् । हुँदा हुँदा विदेशमा समेत दल, जाति वा सम्प्रदायका आधारमा बाँडिएका छन्, भाँडिएका छन् । एनआरएनको एउटा साधारण सदस्य बन्न विदेशमा समेत मुक्कामुक्की र लात्तालात्ती गरेर नेपाली पहिचान फैलाउन लागिरहेछन् । पुलिस, सेना, अदालत सबैतिर उही पारा छ । अब देशको रक्षा गर्न पशुपतिनाथले पनि नसक्ने परिस्थिति बनाइएको छ ।
उखुको पैसा उठाउन किसान काठमाडौंमा, मिटरब्याजीको फन्दाबाट उम्काइद्यौ भन्ने मिशन काठमाडौंमा, विदेश जाने मेलो मिलाउन देशभरिका युवा काठमाडौमा । सबै केन्द्रमै धाउने अनि मुख्यमन्त्रीको चाहिँ वक्तव्य मात्र आउने । यो कस्तो संघीयता बनाको हो ?
काम गर्ने उमेरमा युवा पुस्तैनी जमीन बेचेर पढ्न सके युरोप, अमेरिका नसके खाडी भासिन्छन् । कोही उतैका तेस्रो दर्जाका नागरिक बन्छन् । कतिको ज्यान उतै जान्छ, कतिको कफिनमा फर्कन्छ । बाउआमा तेल भिसामा विदेश पुग्न पाए दंग पर्छन् । शरीर गलेपछि मन मरेपछि नेपाल फर्कन्छन् । केही अपवादलाई छाडेर प्रत्येक सरकारी कर्मचारी, नेताका छोराछोरी उतै विदेशमा छन् । अनि भन्नुस् त यता देश कसलाई चाहिएको छ ?
सरकारको पारा उस्तै छ । आम्दानी अठन्नी खर्च रुपैयाँ । निचोरी निचोरी कर असुल्ने, त्यही करले तलबभत्ता हसुर्ने । मेवा र सेवा जति आफूलाई, जनताका भागमा सास्ती मात्रै । अनि देश चाहिँ आफ्नो पुर्ख्यौली सम्पत्ति ठानेर गर्ने मस्ती ।
छ्याकन कति आउँछ भन्ने दर निर्धारण गरिसकेपछि अध्ययन योजना बन्छ । अनि उता बजेट जान्छ, बल्ल यता अध्ययन शुरू हुन्छ । विकासको न भिजन छ न मिसन । छ त केवल कमिसन । ट्रेकिङ रूट मासी कच्ची मोटरबाटो बनाउने, धुँवाधुलो खुवाएर पर्यटक तर्साउने, अनि पर्यटन विकासको ठूला कुरा गर्ने । गाउँमा प्याकेट फुड, कोला र मदिरा पुर्याउने र श्रमिकहरूले पठाएको डलरजति सबै रित्याउने ।
जनता पो के कम । वर्ष दिनभरि गाली गर्ने अनि चुनावको दिन तिनै नेतालाई चुन्ने । नेता देख्नासाथ देउतै ठान्ने । घरभित्रको फोहोर लगेर बाटोमा फ्याँक्ने अनि सरकारले सफा गरेर भनी भुक्ने । सार्वजनिक ठाउँमा चुरोट फुक्ने, पान खाएर थुक्ने, जथाभावी हर्न बजाउने, पैसा कमाउन जे पनि गर्ने । अनि यो देश बन्दैन भन्ने । यस्ताले के गर्ने ?
त्यसो त उद्योगी व्यवसायीहरूको संघसंस्था पनि कम छैनन् देशमा अराजकता निम्त्याउन । त्यहाँ सदस्य बन्नकै लागि लाखौं र अध्यक्ष, उपाध्यक्ष बन्नका लागि करोडौं खर्च गर्नु सामान्य बनेको छ । एकातिर प्रतिस्पर्धा भन्छन् अर्कातिर सिन्डिकेटको जालो बुन्छन् । अर्थतन्त्र डामाडोल छ । ब्याजदरमा बढी नै मोलतोल छ । को बैंकर को व्यवसायी छुट्ट्याउन गारो । मर्का भने सबै मध्यमवर्गलाई पो पार्यो ।
एउटा कथाले अहिलेको परिस्थितिलाई अझ स्पष्ट पार्छ । एकपटक गाउँमा एकजना मानिस बिहानैदेखि गम्भीर बिरामी परेछन् । चारैतिरबाट गाउँलेहरू जम्मा भएछन् र छलफल शुरू गरेछन् कि बिरामीलाई उपचार गराउन कसरी लैजाने भनेर ।
एक जनाले भनेछ– डोकोमा राखेर लानुपर्छ । अर्कोले भनेछ– हैन, खट बाँधौं । तर खट बाँध्न डोरी सुतरीको ठीक कि प्लाष्टिकको, खट बाँसको ठीक कि काठको ? चार जना ककसले, कहाँसम्म र अरूले कहाँसम्म लाने ? सबैले तर्क तान्न र विवाद झिक्न लागेछन् । जम्मा १ किलोमिटरको दूरीमा रहेको अस्पतालमा बिरामी लाने कुराको विवादले बिरामी मरेछन् ।
हो, अहिले नेपालको हालत ठीक त्यै बिरामीको जस्तो छ । देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ । तर तीन महीनादेखि सरकारले कुरा गरेको गर्यै छ, केही काम गरिरहेको छैन । सत्ताको फेर समाउन दिन दिन छलफल हुन्छ । कसरी आफ्नालाई मालदार मन्त्रालय र असुली अड्डामा पुर्याउने भनेर जालझेल हुन्छ । तर देश सिद्धिन लागेकोमा एक रति चासो र चिन्ता छैन । सत्ता टिकाउन नेताहरू विदेशी पाउमा नेपालै चढाउन तयार देखिन्छन् । एकातिर आठ ठाउँमा जीउ भाँचेर हजुर भन्छन् अनि जनतासँग गएर तिनैविरुद्ध औंलो ठड्याउँछन् ।
देश चलाउने मियो बनेका नेता, मन्त्री, सरकारी कर्मचारी, हुनेखाने र केही ‘हैसियत’ भएकाहरूको एउटै उद्देश्य देश कसरी लुट्ने, कसरी विदेशमा सेटल हुने वा छोराछोरीलाई सेटल गराउने भन्नेमा सीमित छ ।
यो देशप्रति कसैलाई माया छैन भने किन सबै मिलेर यो देशलाई नै विघटन नगर्ने ? बरु संसद्बाटै सबै सांसदहरूले देश विघटन गरेर आफूहरू पनि विदेशैतिर लाग्ने चाँजोपाँजो मिलाउन ढिला भएन र भन्या ? बरु आउनोस्, हामी सबै मिलेर महान् नेताहरूको प्रयासलाई सफल बनाउन देश विघटन गर्नतिर लागौं, हुन्न ?
देशमा लोकतन्त्र आएर कसलाई के फाइदा भो ? फाइदै भैरहेको छ नि कतिपयलाई । पञ्चायतकालमा अहिलेका नेताहरूलाई घाटा थियो । अहिले फाइदा भैराछ । जनतालाई घाटा भो होला, तर नेता र सरकारहरूलाई त फाइदै फाइदा छ । ती मूर्खहरूको कुनै काम छैन, जो लोकतन्त्र आएर देशलाई के फाइदा भो भनेर रोइलो मात्र गरिरहन्छन् ।
प्रधानमन्त्रीले मात्र होइन, अर्थमन्त्रीले पनि भनिरहेका छन् कि नेपालको विकासको बस अब तेज गतिमा कुद्छ । हो, विकासको बस ढिला ढाला भए पनि कुद्न चैं कुदिनै रहेको छ । त्यो कहिले बालुवाटारबाट सिंहदरबार, कहिले बालकोट दरबारबाट खुमलटार र कहिले पेरिसडाँडाबाट बालकोट गरिरहेको छ ।
हाम्रा धर्मशास्त्रहरूमा लेखिएको छ कि जब जब पृथ्वीमा पाप बढ्छ, तब तब धर्तीमा ईश्वरको अवतरण हुन्छ । हाम्रा नेताहरूले सोचे कि अहिले ईश्वरले अवतार लिइरहेका छैनन् । यसको मतलब धर्तीमा पापको कमी भयो । अनि अब के गर्ने त भन्दा पाप बढाउनुपर्यो । पाप बढ्यो भने न बल्ल ईश्वरले अवतार लिन्छन् । बिचरा नेताहरूले ईश्वरले अवतार लिऊन् भनेरै मात्र पाप बढाउँदै लगेका हुन् । विष्णुका अवतार आउलान्, आफूलाई मार्लान् र फेरि वैकुण्ठमा जान पाइएला भनेर रावणले सीता हरे जस्तै । चाहे त्यो हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार होस् वा देशद्रोह । वास्तवमा उनीहरूले कुनै गलत काम गरिरहेकै छैनन् । किनकि उनीहरू त दूरदृष्टि राखेर देशका हितका खातिर नै लागिरहेका छन् । त्यसैले तपाईं हामी सबैले नेताहरूका काममा सहयोग गर्नुपर्छ । यसमा अरू माथापच्ची गर्नु जरुरी नै छैन ।
यो देशमा टेन्सन त यो छ कि जुन कुरामा जनताले तनाव लिनुपर्ने हो, त्यसमा लिइरहेका छैनन् । जुनमा नलिनुपर्ने हो, त्यसमा तनाव लिइरहेका छन् । एकथरी मानिसहरू कालोधन जम्मा भयो, त्यसको खोजी गरौं, अझ कालोधन कमाएर विदेशमा पठाउनेहरूलाई खोजी खोजी कारबाही गरौं भनिरहेका छन् । तर उनीहरूले के बुझेका छैनन् भने धन कालो पनि हुन्न, सेतो पनि हुन्न । धन त धन मात्र हुन्छ । बरु धनको मुख रातो चाहिँ हुन्छ । अझ हाम्रो धर्म, संस्कृति र परम्परा अनुसार त ‘वसुधैव कुटुम्बकम्’ भनेर मानेको छ, अर्थात् विश्व नै एक परिवार हो । यदि विश्व नै एउटै परिवार हो भने धन यहाँ भए पनि उहाँ भए पनि परिवारभित्रै त छ । यसमा कसैले टेन्सन किन लिने ?
अर्काथरी मानिसहरू देशमा बेरोजगारी बढेकोमा चिन्ता गर्छन् । बसी बसी खाने मानिसहरू धेरै हुँदै गएपछि बेरोजगारी त बढ्ने नै भयो नि । तर तिनलाई पनि सामाजिक सञ्जालले रोजगारी दिएकै छ त । वास्तवमा मानिसहरू देशमा कामै गर्न चाहँदैनन् । हेर्नुस् त, विहारीहरू नेपाल आएर तरकारी, फलफूल बेच्छन्, कुचो, बस्ने मुडा आदि साइकलमा राखेर बेच्छन्, कपाल काट्ने, प्लम्बिङ आदि काम गर्छन् । निर्माण, कृषि आदि क्षेत्रमा काम उनीहरूले नै धानिरहेका छन् । तर महान् नेपालीहरूले चैं यस्तो सानातिना काम गर्ने कुरै आउँदैन । नेपालीहरू ठूलै सोच्छन् क्या ! विदेशमै काम पाइन्छ भने स्वदेशमा काम किन गर्ने ? अनि विदेश नगए स्वदेशको सरकार कसरी चल्छ ? फेरि देशमा बेरोजगारी बढेन भने विदेश को जाने ? त्यसकारण बेरोजगारी बढेकोमा टेन्सन किन ? यो बेरोजगार हुनु सामान्य कुरा हो नि । काम नभएपछि वा काम नगरेपछि मान्छे बेरोजगार हुन्छ । कुरा स्पष्ट छ ।
अर्का एकथरी मानिसहरू सरकारी सेवा पाउन जनता लाइनमा खडा हुनुपरेकोमा पनि सरकारलाई गाली गर्छन् । बसी बसी सेवा त कहाँ पाइन्छ त ? सेवा प्राप्त गर्न त लाइनमा खडा हुनैपर्छ नि । लाइनमा खडा हुँदैमा आजसम्म कति नै मरेका छन् र ? आखिर एक दिन त मान्छे लाइनमा खडा नभईकन पनि त मर्छन् । काल आएपछि मान्छे मर्छन्, लाइनमा खडा भएर हैन । यसमा के नयाँ कुरा भो र ? अनलाइन भने पनि ननलाइन भने पनि लाइनमा त बस्नैपर्यो नि ।
कोही भिख मागेर रंगशाला बनाउने लाइनमा छन् । कोही ईख साँधेर मन्त्री, प्रधानमन्त्री बन्ने लाइनमा । कोही देशभित्रै अनेकथरी लाइनमा छन् त कोही विदेश जाने लाइनमा छन् । कोही भने अनलाइनको नाममा ठग्ने लाइनमा छन् । तर सबै सबै कुनै न कुनै लाइनमै छन् । नेपालीहरू त पाएसम्म कोही पनि नेपाल बस्नै चाहन्नन्, त्यसैले त विदेश जाने लाइनमा छन् । किन भनेर सोध्नु होला । किनकि मल्लकालदेखि, शाह, राणा हुँदै अहिलेका दाहालसम्म हामी सबैका पालामा भगवान् समेत उतै अर्थात् विदेशै जान खोज्दा रहेछन् । सीता भारत कुदिन्, भृकुटी तिब्बत । हाम्रा अरनिको चीनतिर कुँदे, बलभद्र लाहुरतिर । यो भिन्दै कुरा हो कि पहिले विदेश पुगेका कतिपय भगवान्हरू अहिले भने केही अमेरिकाबाट, केही बेलायतका म्युजियमबाट नेपालमै फर्किरहेका छन् । केही भगवान् फर्किसकेका छन् त केही फर्किने क्रममा छन् । कोही कोही त यता आएर चन्दा खोज्न थाल्या छन् क्यारे !
यसरी भगवान्हरू स्वदेश फर्किन थालेपछि जनताले अब तनाव लिनुपर्ने कुनै कारणै छैन । भगवान्ले छु मन्तर गरेपछि दुःखका दिन कसो नसकिएलान्, देशले विकासको लय कसो नसमात्ला ? किनकि प्रधानमन्त्रीले मात्र होइन, अर्थमन्त्रीले पनि भनिरहेका छन् कि नेपालको विकासको बस अब तेज गतिमा कुद्छ । हो, विकासको बस ढिला ढाला भए पनि कुद्न चैं कुदिनै रहेको छ । त्यो कहिले बालुवाटारबाट सिंहदरबार, कहिले बालकोट दरबारबाट खुमलटार र कहिले पेरिसडाँडाबाट बालकोट गरिरहेको छ । दिनमा मात्र हो र रातमा समेत कुदिरा पो छ त । यो भिन्दै कुरा हो कि यो बेलाबेलामा बीचबीचमा घ्याच्च घ्याच्च रोकिन्छ, ड्राइभर फेरिन्छ । ड्राइभर ड्राइभरको किचलो हुन्छ । अचम्म त यो छ कि ड्राइभर ड्राइभर कति बेला हात मिलाइसक्छन्, कति बेला खलासी खलासी चाहिँ ङ्यारङ्यार र ङुरङुर गरिरन्छन् थाहै हुन्न ।
हुन पनि विकासको बाटोमा ढुंगाहरू कहाँ मात्र छैनन् र ? कहिले कुन दल त कहिले कुन दलका बाटामा ढुंगाहरू आइरहेकै छन् । एउटा दलको बाटोेमा ढुंगा आएपछि अरू दलका बाटोमा पनि स्वतः ढुंगाहरू आउँदा रहेछन् । त्यसपछि त देशकै विकासको बाटोमा ढुंगा आइहाल्छ । नत्र देशमा विकासको बस कति छिटो कुद्थ्यो होला कति ।
तपाईं देशमा विकासको बसको गति कसरी अघि बढिरहेको छ र आगामी दिनमा कसरी अघि बढ्ला भन्ने जान्न साँच्चै उत्सुक हुनुुहुन्छ ? त्यसो भए नेपालको कुनै पनि दलको कार्यालय, सरकारी कार्यालयभित्र गएर हेर्नुस् । नेता र कर्मचारीहरूकोे सोच, क्षमता, इमानदारी परख गर्नुस् । अनि तपाईंले मानेका र ठानेका विकासे विराट अवतारको साक्षात् दर्शन पाउनुहुन्छ ।
देश एक प्रकारले ठप्प छ । किनकि देशमा सरकार भन्ने जीव छ पनि, छैन पनि । खाने बेलामा सरकार छ तर काम गर्ने बेलामा छैन । आज नयाँ सरकार बनेको १७औं दिन भैसक्दा पनि सरकारले पूर्णता पाएको छैन । यता हरेक दलभित्र कलहको सलह पसेको छ । कलहको कारण कुर्सी । कुर्सी थोरै आकांक्षी धेरै । सरकारको प्रमुख काम नै कुर्सी व्यवस्थापन । कुर्सीको कमानी खुस्कियो कि सरकार खुस्कियो । यसरी सरकार पनि बाधा वा बन्धनहरूबाट मुक्त छैन ।
प्राकृतिक फूलबाट मुक्त भएर प्लाष्टिक र क्याक्टस सौन्दर्यबोधको नयाँ प्रतीक बनेर हाम्रा ड्रइङरूमहरूमा सजिइरहेका छन् । यसरी हामीले हाम्रो परम्पराबाट मुक्ति प्राप्त गरेर आधुनिकताको मदिरा पिइरहेका छौं ।
सरकार जनतालाई र देशलाई विभिन्न बन्धनहरू, जस्तै– अशिक्षा, गरीबी आदिबाट मुक्त गराउन चाहन्छ । तर ऊ आफै विभिन्न बन्धनमा बाँधिएको छ र तिनबाट उसैलाई मुक्ति चाहिएको छ । सबै सांसदलाई मन्त्री बन्नु छ । प्रधानमन्त्रीले कसलाई मात्रै मन्त्री बनाउनु ? मन्त्री बनाउने समस्याबाट सरकार मुक्त हुनासाथ देशलाई कसरी सबै समस्याहरूबाट मुक्त गराउने भनेर लाग्ने होला । त्यसपछि मात्र संसद्ले बिजनेश पाउने होला ।
नेतागणले त पुरानोबाट मुक्ति दिलाएर सामाजिक मूल्य मान्यताको परिभाषा नै फेरिदिएका छन् । उनीहरूले एकअर्कालाई गर्ने सम्बोधनहरू हामीलाई असभ्य गाली लाग्छन् । तर आश्चर्य ! उनीहरू त्यसैमा तालीे पो खान्छन् । जनताले उनीहरूको भाषा बुझ्दैनन् र अक्क, बक्क र छक्क पर्छन् । उनीहरू पनि जनताको भाषा बुझ्दैनन् र आफैमा मख्ख पर्छन् ।
हामी २१औं शताब्दीमा छौं । तर प्रजातन्त्रका रक्षक अर्थात् नेताहरू भने २१औं शताव्दीबाट मुक्त भई २२औं शताब्दीमा पुगिसके । उनीहरूले नैतिकता, देशभक्ति, सामाजिक तथा मानवीय मूल्य मान्यतालाई उहिल्यैदेखि मुक्ति दिइसकेका छन् । उनीहरू देश, समाजभन्दा पहिल्यै अग्रगामी छलाङ मारेर २१औं शताब्दीमा पुगेका थिए । अग्रगामी छलाङ मार्ने भनेको आफ्नालाई तार्ने, अरूलाई झार्ने हो । त्यसैले उनीहरूको विचार, व्यवहार अहिलेको समाजसँग मिल्दैन । भन्दा समाजवाद, व्यवहारमा दलाल पूँजीवाद । उनीहरूको मूल्य मान्यता भनेकै कुर्सीका लागि धन र धनका लागि कुर्सी हो । किनकि यो नै उनीहरूका लागि परम् आनन्द अर्थात् मुक्तिको मार्ग हो । उनीहरूको विचारमा उनीहरूले पहिला मुक्ति प्राप्त गरेपछि अनि जनताकै पालो आउँछ ।
जनताले अहिले सीधै मुक्ति नपाए पनि क्षेत्रगत हिसाबले भने सरकारले मुक्तिको अभियान चलाइरहेकै छ । उदाहरण :–
देशको अर्थव्यवस्थालाई अर्थमन्त्री, अर्थ मन्त्रालय वा भनौं सरकारको पकडबाट मुक्त गराएर माफियाकोमा पुर्याइसकिएको छ । खासमा सरकारले अर्थव्यवस्थाको जिम्मा सरकारबाट निजीक्षेत्रमा पु¥याउन खोजेको थियो । तर बीचमा बिचौलिया र माफियाकोमा चैं पुग्यो । तर जे होस्, अर्थ मन्त्रालय र सरकारबाट चंै अर्थव्यवस्था मुक्त भएको छ ।
त्यस्तै शिक्षाक्षेत्र त सरकारबाट उहिल्यै मुक्त भइसकेको हो । लकडाउन अगाडि सरकारी स्कूल, कलेजहरू आफ्नो कक्षाको हलमा भन्दा सिनेमा हलहरूमा बढी चल्थे ।
विद्यार्थीहरू विश्वविद्यालयको बाहिर, सडकमा वा पार्टी कार्यालयमा बढी भेटिन्थे । सरकारी बाहेकका स्कूल कलेजबाट पनि खास शिक्षामुक्त भइ नै सकेको थियो । सामान्य बेलामा पनि शिक्षण संस्थाहरू खुल्ने भन्दा बन्द रहने दिन धेरै रहन्थे ।
हुँदा हुँदा सबैतिरबाट मुक्त भएर गेस पेपरमा खुम्चिन पुगेको शिक्षा अहिले कम्प्युटर र मोबाइलमा फैलिन पुगेको छ । अर्थात् किताबले विद्यार्थीहरूबाट मुक्ति पाएको छ ।
अथवा भनौं विद्यार्थीहरूले किताबबाट मुक्ति पाएका छन् । विगत ३० वर्षदेखि सबै शिक्षण संस्थाको एउटै उद्देश्य शिक्षित युवालाई देशबाट मुक्ति दिलाएर विदेश नै पुर्याउने थियो र छ । यसरी शिक्षा व्यवस्था पनि सबैतिरबाट मुक्त छ । युवाहरू आफै पनि परिवार र अझ देशबाट मुक्ति चाहन्छन् । त्यसैले सधैं विदेश जाने लाइनमै छन् ।
स्वास्थ्य क्षेत्र त सरकारबाट अझ धेरै मुक्त छ । त्यसैले त कतिपय अस्पतालहरूमा बिरामीहरूले समयभन्दा धेरै पहिले जीवनबाटै मुक्ति पाउने गरेका रिपोर्टहरू आइरहन्छन् । निजी अस्पतालको बिल तिर्दा तिर्दा आफ्नो घरजग्गा, श्रीसम्पत्तिबाट मुक्ति पाएर सुकुमवासी बनेका त कति छन् कति ।
मुक्तिको यो चक्करमा गाउँ आफ्नो मूलभूत चरित्र सौहार्द, प्रेम र सहानुभूतिबाट मुक्त भएको छ । त्यहाँको संस्कृति, रीतिरिवाज, परम्परा, श्रम, मूल्य मान्यतामाथि शहरी चमकधमक हाबी छ । यो मुक्तिको मौसममा गाउँलाई टाउन, टाउनलाई नगर, नगरलाई महानगर बनाउने मुिक्तदौड चलिरहेको छ । र, हामी मुक्त मुक्त अनुभव गरिरहेका छौं । प्राकृतिक फूलबाट मुक्त भएर प्लाष्टिक र क्याक्टस सौन्दर्यबोधको नयाँ प्रतीक बनेर हाम्रा ड्रइङरूमहरूमा सजिइरहेका छन् । यसरी हामीले हाम्रो परम्पराबाट मुक्ति प्राप्त गरेर आधुनिकताको मदिरा पिइरहेका छौं । र, पश्चिमी दर्शनलाई आफनो भर्सन बनाउन दौडधुप गरिरहेकै छौं ।
नेपाली संगीत, कला, साहित्यमा पनि मुक्तिवाद नै चलिरहेको छ । त्यसैले सबै कुरामा उपभोक्तावाद हावी छ । विक्री गर्नका लागि लेख र लेख्नका लागि बिक । त्यसैले त अहिले प्रयोगवाद, प्रगतिवाद बिक्दैन, जनवाद बिक्छ, धनवाद बिक्छ । आधुनिकतावाद पुरानो भयो । अब उत्तर आधुनिकतावाद पो बिक्छ । बजारमा आकर्षक खोल ओढाएर विज्ञापन गर्नुस्, सबै कुरा बिक्छ । बेच वा आफै बिक र कुनै पनि दायित्वबाट मुक्त होऊ ।
पहिले सभ्यता, सौम्यता र सौन्दर्यका लागि पनि पूर्ण वस्त्र लगाउने गरिन्थ्यो । अहिले यो बन्धनबाट मुक्ति खोजिँदै छ र कमभन्दा कम लुगा लगाएर शरीरलाई कपडाबाट मुक्त गर्ने चलन आएको छ । ‘आफूसँग भएको चीज किन नदेखाउने’ भन्छन् अभिनेत्रीहरू । यसरी वस्त्रमुक्त हुने मुक्तिको अर्को युग, अर्थात् वस्त्रमुक्तयुुग शुरू भएको छ । उता छिमेकीले सीमा तोड्दै गर्दा यता हामीले आप्mना मर्यादाका सीमा भत्काउँदै छौं । किनकि हामी मुक्ति जो चाहन्छौं ।
यसरी अहिले सबैतिर मुक्तिको आवाज छ । तर के मुक्ति सम्भव छ ? के दानवहरूको बीचमा बसेका सामान्य मानवहरूले रोग, भोग, शोक र अशिक्षाबाट सजिलै मुक्ति पाउन सक्लान् र ? तपाईंलाई के लाग्छ ?