टपरी बुन्न सिक्दै विद्यार्थी

तनहुँ । व्यास नगरपालिका–१० स्थित शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन । टपरीमा खाजा खाएको देख्नुभएकी उहाँलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो । उहाँको इच्छा विद्यालयले पूरा गरिदियो । “सालको पातलाई कसरी गाँसेर टपरी बुन्ने भन्नेबारे सिक्ने मौका पाएँ, सिकाइलाई […]

सम्बन्धित सामग्री

टपरी बुन्न सिक्दै विद्यार्थी

लोपोन्मुख नेपाली परम्परागत सीप र संस्कृतिको संरक्षणमा तनहुँले एक विद्यालयले विद्यार्थीले चासो दिन थालेका छन् । चासो राख्नेमा व्यास नगरपालिका–१० बैरेनी, कुमालटारी स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिकमा अध्ययनरत विद्यार्थी रहेका छन् । विद्यालयले शिक्षाको साथै परम्परागत सीप सिकाउन थालेपछि विद्यार्थी चासो राख्दै सिक्न थालेका हुन् ।

सिक्दै कमाउँदै विद्यार्थी

गोरखाको बारपाक सुलीकोट गाउँपालिका-६ ताकुकोटमा रहेको सुर्यज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरू सृजनशील शुक्रबारे कार्यक्रम अन्तर्गत दुना टपरी बजाउन सिक्दै कमाउँदै आयआर्जन गर्न थालेका छन् ।

टपरी गाँस्न सिक्दै गुल्मीका विद्यार्थी

१३ वैशाख, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका विद्यार्थीलाई स्थानीय पाठ्यक्रम पढाउने सिलसिलामा दुना टपरी बनाउन सिकाइएको छ । गाउँपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पठनपाठन गर्दै आएको छ । …

टपरी बुन्न सिक्दै विद्यार्थी

तनहुँको व्यास नगरपालिका–१० स्थित सतिश आवासीय विद्यालयको कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन ।

टपरी बुन्न सिक्दै विद्यार्थी

तनहुँ – तनहुँको व्यास नगरपालिका वडा नम्बर १० मा रहेको  शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन । टपरीमा खाजा खाएको देख्नुभएकी उहाँलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो । उहाँको इच्छा विद्यालयले पूरा गरिदियो । ‘सालको पातलाई कसरी गाँसेर टपरी बुन्ने भन्नेबारे सिक्ने मौका पाएँ, सिकाइलाई निरन्तर अगाडि बढाएँ भने राम्रो टपरी बनाउन सक्छु,’ उहाँले भन्नुभयो । विद्यालयले पढाइका साथै प्रयोगात्मक शिक्षा दिएकामा सोतीले...

जीवनाेपयाेगी सीप सिक्दै विद्यार्थी

तनहुँको सदरमुकाम दमौलीस्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थीले सालको पातको दुना टपरी बनाउने, गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीपहरु सिकेका छन् । शिक्षाको साथै नेपाली परम्परागत सीप र संस्कृतिको व्यवहारिक ज्ञान दिने उद्देश्यले विद्यालयले परम्परागत सीपहरु सिकाइरहेको छ । विषयगत शिक्षाका अलावा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढङ्गले प्रयोगात्मक रुपले प्रशिक्षित गराउन थालिएकाले विद्यार्थीले परम्परागत सिप सिक्न थालेको पाइएको छ । लोपोन्मुख विषयलाई संरक्षण गर्न व्यास नगरपालिका–१ भादगाउँस्थित यस विद्यालयले परम्परागत सीपहरु सिकाउने कुरालाई प्राथमिकता दिएपछि यसको सर्वत्र प्रशंसा भएको छ । नेपाली गाउँघर र ग्रामिण जीवनयापनको जीवन्त पाटाहरुमा गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीपहरु पर्छन् । कृषि प्रधान अधिकांश नेपाली ग्रामीण जीवन यापनको अनिवार्य अङ्ग हुन् यी सीप र संस्कृति । तर आधुनिकतासँगै भित्रिएको नविनतम प्रविधि, औजार उपकरणले यसलाई बिर्संदै गएको छ नेपाली समाजले ।