महाभारतका सुप्रसिद्ध पात्र अर्जुनका तीन पुत्र थिए । द्रौपदीबाट जन्मेका पुत्रको नाम श्रुतकर्मा थियो । द्रौपदीबाहेक अर्जुनका सुभद्रा, उलूपी र चित्रांगदा नामक तीन पत्नी थिए ।
सुभद्राबाट अभिमन्यु, उलूपीबाट इरावन र चित्रांगदाबाट बभ्रुवाहन नामक पुत्रहरू जन्मिए ।
आफ्नै पुत्रद्वारा अर्जुन मारिएको प्रसंग आउँछ । यसको रोचक कथा छ ।
एक दिन महर्षि वेदव्यास र श्रीकृष्णको सिफारिशमा पाण्डवहरूले अश्वमेध यज्ञ गर्ने विचार गरे । पाण्डवहरूले शुभ मुहूर्त हेरेर यज्ञ शुभारम्भ गरे र अर्जुनलाई रक्षक बनाएर घोडा छोडे । घोडा घुम्दैघुम्दै मणिप...