दुईपटक संसद विघटन गर्नु एकै व्यक्तिलाई दुईपटक सजाय दिएजस्तै : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई पटक संसद विघटन गरेर केपी शर्मा ओलीले एकै व्यक्तिलाई दुईपटक सजाय दिएजस्तै काम गरेको आरोप लगाएका छन् । जसपा नेपाल केन्द्रीय समितिले आइतबार भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संसद विघटन गर्ने ओलीको कदमविरुद्ध जसपा सडकमा आन्दोलनमा उत्रिएको बताए । उनले प्रतिगमनकारीको सपना जसपाले चकनाचुर पारेको दाबीसमेत गरे ।उनले आफूलाई मधेसको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोपसमेत लगाए । उनले भने, &ls

सम्बन्धित सामग्री

एमाले र जनमत पार्टी लोकतन्त्रका लागि घातक : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले दुई–दुई पटक संसद विघटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रका लागि घातक...

केपी ओली ज्ञानेन्द्र पथमा लागे : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजा ज्ञानेन्द्रको सिको सिकेर अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने प्रयत्नमा लागेको बताएका छन् ।बिहीबार विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष यादवले इतिहासमा एउटै प्रधानमन्त्रीले एउटै कार्यकालको संसद दुई–दुई संसद विघटन गरेर अनौठो रेकर्ड कायम गरेको बताए । उनले ओलीका गतिविधि लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाच

धारा ७६(५)अनुसार सांसद स्वतन्त्र हुन्छन्, दलको ह्विप लाग्दैन : नेता, लेखक

विपक्षी गठबन्धनले अदालतमा परेको मुद्धाबारे रणनीति बनाउन छलफल सुरु गरेको छ । संसद विघटन विरुद्ध र कांग्रेस सभापतिलाई प्रधानमन्त्री नियुक्त गर्नेे प्रस्तावमा कानुनी लडाई कसरी गर्ने भन्ने विषयमा परामर्श गरिएको नेता रमेश लेखकले बताए । लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु पर्ने अवस्थामा कांग्रेसको भुमिका आवश्यक रहेकोसमेत उनले बताए । बैठकमा देउवा, प्रचण्ड, उपेन्द्र यादव, र माधवकुमार नेपाल सहभागी थिए ।

संसद पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न एक सय ४६ सांसदको रीट

नेपाली कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल समूह र उपेन्द्र यादव समूहका गरी १ सय ४६ सांसदले संसद पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले रिट दायर गरेका छन् । संसद विघटन गरी कार्तिक २६ र मंसिर ३ गते घोषणा गरिएको मध्यावधि निर्वाचन असंवैधानिक रहेको भन्दै विपक्षी गठबन्धनका १४६ …

ओलीले जेठ १५ अगावै संसद विघटन गर्ने बूढानीलकण्ठ बैठकको आँकलन

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) का नेताहरुले शुक्रबार बिहान देउवा निवास बूढानीलकण्ठमा भेला भएर पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेका छन् । तीन दलका नेताहरुको बैठकले अब केपी ओलीले संसद विघटन गर्न सक्ने विश्लेषण गर्दै तीन दलीय सहकार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् ।काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा सभापति देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो ।बूढानीलकण्ठ बैठकको वि

ओलीसँग लगनगाँठो कस्ने प्रस्ताव आएको छैन : उपेन्द्र यादव

५ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने प्रस्ताव पार्टीमा नआएको बताएका छन् । संसद विघटन गर्ने ओलीको कदमलाई पार्टीले प्रतिगमन मानेको भन्दै उनले प्रतिगनकारीसँग कुनै सहकार्य नहुने समेत बताए । एमाले इतरको गठबन्धनका लागि निर्णायक मानिएको जसपाले बिहीबार कार्यकारिणाी समितिको बैठक बोलाएको थियो । तर […]

राष्ट्रपतिलाई अध्यक्ष केसीको प्रश्न : संसद विघटन गर्नुअघि किन छलफल गर्नुभएन ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन गर्नुअघि सर्वदलीय बैठक किन नराखेको भनेर राष्ट्रपतिलाई प्रश्न गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा अध्यक्ष केसीले राष्ट्रपतिलाई सो प्रश्न सोध्नुभएको हो । बैठकमा केसीले सरकार प्रमुख र राष्ट्र प्रमुखबाटै सबैभन्दा धेरै गल्ती भएको बताउनुभएको थियो । राजनीतिक दलहरुका कारण अहिले प्राप्त उपलब्धिसमेत गुम्न लागेको भन्दै उहाँले चिन्ता जाहेर गर्नुभयो । केसीले अहिलेको अवस्था कसरी आयो भनेर जिम्मेवार नेताहरुले आफैँ विचार गर्नुपर्ने भन्दै सत्ता र विपक्षी दलका नेताहरुलाई सच्चिन आग्रह गर्नुभएको थियो । बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले भन्नुभयो, ‘राष्ट्रप्रमुख पनि सरकार प्रमुखलाई पनि पुग्नेगरी मैले भनेको छु । २०६२–६३ सालमा जुन उपलब्धि भयो, यीनै राजनीतिक पार्टीका कारणले यो उपलब्धि फेरि गुम्नेवाला छ । गणतन्त्रमा कालो बादल मडारिसकेको छ । यसको कारण राष्ट्रपति र सरकार प्रमुखबाट बढी गल्ती भएको छ भने मैले ।’ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटन सही थियो भन्ने जिकीर गर्नुभएको थियो । उहाँले ताजा जनादेश लिन चुनावमा जानुपर्ने बताएको बताउनुभएको थियो । बैठकमा पूर्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेमकिपाका प्रेम सुवाल लगायत सहभागी थिए । बैठकमा सहभागी भएका नेताहरुमध्ये प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने मौन रहेको बताइन्छ । राष्ट्रपति भण्डारीले आगामी चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणमा जाने बारे जानकारी गराउन सर्वदलीय बैठक आव्हान गर्नुभएको हो । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकीको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आगामी चैत ९ गते त्यसतर्फ जान लाग्नुभएको हो ।

चुनाव नगराई सबै निकाय कब्जा गर्न चाहन्छन् ओली : उपेन्द्र यादव

वीरगंज : जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्ने सपना देखेको आरोप लगाएका छन्। संघीय प्रेस फोरम पर्साले मंगलवार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले आफ्नो पार्टी र सरकार दुवैमा असक्षम भएपछि हतास मानसिकतामा ओलीले संसद विघटन गरेर तानशाह बन्ने सपना…

ओलीले चुनाव होइन, निरंकुशता लाद्छन् : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नलाई संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको आरोप लगाएका छन्।