अर्थ राजनीतिक विश्लेषक हरि रोक्काले मुलुकको पुँजीगत खर्च गर्ने निकायहरू नै काम गर्न लायक नभएको बताएका छन् । काठमाडौँमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र सुधारका लागि संरचना नै परिवर्तन गरेर नयाँ बनाउनु पर्ने बताएका हुन् । रोक्काले नेपालबाट निर्यात हुने उद्योगहरूको भ्यालु एडिसन हुनु पर्ने बताए । उनले त्यस्ता उद्योगमा सामान्य मानिसहरूलाई रोजगारीको व्यवस्था गरे मात्रै मुलुकको आर्थिक उन्नति हुने बताए । रोक्काले हामीले आर्थिक व