भारतका एक प्रखर वक्ता, कवि, प्राज्ञ तथा राजनीतिज्ञ डा. कुमार विश्वासले भनेका छन्, ‘भारतमा मानिसलाई दस करोड कमाउन निकै गाह्रो छ । तर दस करोडलाई सय करोड बनाउन निकै सजिलो छ ।’ उनको आशय जब मानिसले दस करोड कमाउँछ त्यसपछि उसले त्यो धन प्रयोग गरेर प्रशासन, राजनीति, कानुन सबै कुरा किन्छ र सजिलै सय करोड बनाउँछ ।