चैतभित्रै मेलम्चीको पानी उपत्यका पुर्‍याउने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

चैत २, सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् ।  बुधवार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्म जसरी पनि पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिएका हुन् ।  मन्त्री चौधरीसँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायत सहभागी थिए ।  निरीक्षणका क्रममा मन्त्री चौधरीले केही दिनअघि ठेकेदारले केही समय काम रोकेको भन्दै उनले भुक्तानी समयमै गर्न सरकार तयार रहेको तर कुनै पनि बहानामा काम ढिलो हुन नहुने बताए । मन्त्री चौधरीले डलरमा रकम भुक्तानी गर्न केही समय लागेको तर नेपाली रुपैयाँ सरकारले ठेकेदारलाई सम्झौताअनुसार भुक्तानी गरिरहेको पनि सो अवसरमा स्पष्ट गरे । स्थानीय प्रभावित, बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक रहेको उनले बताए ।  मन्त्री चौधरीले भने, ‘सबैका उचित माग पूरा हुन्छन्, यसतर्फ सरकार सजग छ, तर काम बन्द गर्ने काम कसैले पनि गर्नु हुँदैन, कुनै पनि हालतमा सरकारले तोकेको समय यही महीनाभित्रै काठमाडौं पानी पुर्‍याउनु पर्छ ।’ उनले ठेकेदार कम्पनीले काम शुरु गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले त्यहीअनुसार काम हुनु पर्नेमा जोड दिए । उनले हाल जारी रहेको कामको गति चित्तबुझ्दो रहेको पनि बताए ।  मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथान पोर्टल अडिटमा सोचेभन्दा बढी गेग्रान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लागेको बताए ।  उनले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी काठमाडौं लैजाने गरी काम भइरहेको जानकारी दिए । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको जानकारी उनले दिए ।  हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन रू. पाँच लाखले नपुग्ने भन्दै रकम थप गर्न सरकारसँग आग्रह गरे । उनले सामाजिक उत्थान कार्यक्रमको रकम सम्बन्धित पालिकामा पठाउन पनि आग्रह गरे । काठमाडौं आइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको बर्सातको बाढीले क्षति पुर्‍याएको थियो । त्यसपछि सो आयोजना हालसम्म नै ठप्प रहेको छ । रासस

सम्बन्धित सामग्री

दुई सातापछि भित्रियो  उपत्यकामा मेलम्चीको पानी

समिति भन्छ– वर्षायाममा पानी आउनेमा ढुक्क छैन आयोजना मर्मतका लागि करिब दुई साता बन्द गरिएको मेलम्चीको पानी पुनः काठमाडौं आउन थालेको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार १६ जेठमा मेलम्चीको पानी...

भक्तपुरमा मेलम्चीको पानी वितरण

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नं १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरुपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरिएको हो । सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र

उपत्यकावासीलाई यसरी वितरण गरिँदैछ मेलम्चीको पानी

काठमाडौँ उपत्यकामा आइतबारदेखि दोस्रोपटक मेलम्चीको पानी आइपुगेको छ । यसअघि, २०७७ साल चैत १५ गतेदेखि मेलम्चीको पानी उपत्यकाको धारामा आइपुगेको थियो । तर, असार १ गते मेलम्चीमा आएको बाढीसँगै पानी वितरण रोकिएको थियो । त्यसको ठिक डेढ वर्षपछि खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेसँगै फेरि उपत्यकामा मेलम्चीको पानी आइपुगेको हो ।उद्घाटन भएसँगै आइतबारदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । मेलम्चीबाट आइतबार पहिलो दिन ५ करोड लिटर मात्रै पानी उपत्यक

मेलम्चीको पानी ११ वैशाखदेखि उपत्यकामा

गत असारअघि दुई महिना मात्रै मेलम्चीको पानी पिउन पाएका उपत्यकावासीले साढे १० महिनापछि फेरि पाउँदै मेलम्चीको पानी साढे १० महिनापछि पुन: उपत्यकाका धारामा आउने भएको छ । गत १ असारको बाढीले क्षतिग्रस्त मेलम्ची...

चैतमै मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं, फागुन १६ । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने प्रतिबद्धता गरिसकेको छ । नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा […]

चैतमै मेलम्चीको पानी वितरण हुने

खानेपानी मन्त्री उमाकान्त चौधरीले  निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची  खानेपानी  आयोजनाको  पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै  वर्षको चैत मसान्तभित्र  मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने  प्रतिबद्धता गरिसकेको छ ।नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा संस्थान प्राङ्गण त्रिपुरेश्वरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्

मेलम्चीको पानी बैशाखमा आउँदैन : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको समय वर्वाद पारिरहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यो गफले मात्रै मेलम्चीको पानी नआउने बताएका हुन् ।‘मेरो सरकारले मंसिर पुसमा मेलम्चीको पानी आउँछ भनेको थियो र काम पनि गरिरहेको थियो । तर यो सरकारले बैशाखमा मेलम्चीको पानी आउँछ भनेको छ’ उनले देउवा सरकारले गफमात्रै गरेको गफले पानी नआउने बताए । उनले भने, ‘गफले पानी आउदैन ।’

मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी वितरण गर्न सुरु भएको छ । आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा पानी वितरणको शुभारम्भ गरेका हुन् । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी मीनभवन, महांकाल, अनामनगर र […] The post मेलम्चीको पानी वितरण सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

अबको तीनदिनभित्र काठमाडौंका धारामा मेलम्चीको पानी

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले चैत १५ गतेदेखि  काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने बताएका छन्। बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गते मेलम्चीको पानी वितरण गर्ने बताएका हुन्।  नगरपालिका संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ। कुनै दुर्घटना नहोस्। कुनै पाइप नफुटोस् भनेर हेरि हेरी हामी पानी वितरण गछौँ।’बहुप्रतीक्षित मेलम्चीको पा

दुई सातापछि मेलम्चीको पानी घरघरमा

मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछ