अन्तत : २७ वर्षपछि विश्वका धनी गेट्स दम्पत्तीले गरे  सम्बन्ध विच्छेद

वैशाख २१, सिएटल(संयुक्तराज्य अमेरिका)  । विश्वका धनी व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गरेका छन् ।            संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनका सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ । उनीहरुले ट्वीटरमार्फत् सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिएका हुन्।            ‘विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौं र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौं । हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौं र उक्त कोषमा मिलेर काम गर्नेछौं । तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ’, विज्ञप्तिमा भनिएको छ ।            यद्यपि उनीहरूले ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन’ लाई भने मिलेर सञ्चालन गर्ने बताएका छन् । उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई कायम राख्ने सहमति भएको बताइएको छ ।            फोब्र्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति रहेका छन् । उनको सम्पत्ति १२४ अर्ब डलर रहेको छ । उनी माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष पनि हुन्।            उक्त जोडीले ‘लामो सोचविचारपछि विवाह अन्त्य गर्ने निर्णय गरेको’ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेको छ ।            सन् १९८० को दशकमा मेलिन्डा बिलको फर्ममा एक कर्मचारीको रूपमा काम गर्ने शिलशिलामा उनीहरूको भेट भएको थियो । मेलिन्डा प्रडक्ट म्यानेजरको रूपमा सन् १९८७ मा माइक्रोसफ्टमा आबद्ध भएका थिए।            तीन सन्तानका अविभावक बनिसकेका उनीहरूको निर्णयलाई अनपेक्षित मानिएको छ । उनीहरूले सञ्चालन गरेको परोपकारी संस्थाले सङ्क्रमक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता कामका लागि अर्बौँ डलर खर्च गर्दै आएको छ ।  रासस/ एपी

सम्बन्धित सामग्री

सम्बन्ध विच्छेद मन्दिर

जापानमा एउटा अनौठो मन्दिर छ। छ सय वर्ष पुरानो यो मन्दिरको नाम मात्सुगाओका टोकिजी मन्दिर हो। जसलाई त्यहाँको सांस्कृतिक तथा ऐतिहासिक रूपमा निकै महत्वपूर्ण मानिन्छ। यस मन्दिरलाई जापानमा सशक्तीकरण र नवीकरणको सन्देश वाहकका रूपमा पनि लिने गरिन्छ। यो मन्दिरलाई डिभोर्स टेम्पल अर्थात् सम्बन्ध विच्छेद मन्दिरको नामले पनि चिनिन्छ।सन् १२८५ मा बौद्धभिक्षु काकुसान सिदो नीले स्थापना गरेको यो मन्दिर एक बौद्ध मन्दिर हो। सुरुमा महिलाका लागि आध्यात्मिक मार्गदर्शन र सहयोग स्थलका रूपमा यो मन्दिर बनाइएको थियो । त

हनी सिंह र सालिनीले गरे सम्बन्ध विच्छेद

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन्।...

हनी सिंह र सालिनीले गरे सम्बन्ध विच्छेद

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन्।...

पपस्टार ब्रिट्नी स्पियर्सको तेस्रो पटक सम्बन्ध विच्छेद

काठमाडौं । विवाहको १४ महिनापछि पपस्टार ब्रिटनी स्पीयर्स र पति साम असघारीले सम्बन्ध विच्छेद गरेका छन् । सीएनएनका अनुसार अभिनेता तथा व्यक्तिगत प्रशिक्षक समेत रहेका असघारीले लस एन्जलसको सुपरियर अदालतमा डिभोर्सको लागि गत साता निवेदन दिएका थिए । ब्रिट्नी र सामले सेप्टेम्बर २०२१ मा इन्गेजमेन्ट गरेपछि गत वर्षको जुनमा विवाह गरे । पहिलो पटक सन् […]

सम्बन्ध विच्छेद गर्ने बढ्दै

गोरखामा दम्पतिहरुले सम्बन्ध विच्छेद गर्ने बढ्दै गएको देखिएको छ । जिल्ला अदालत गोरखामा गत आर्थिक वर्ष दर्ता भएका मुद्दामध्ये करीब ६२ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको रहेको जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताए । आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका ७ सय २ मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा ४ सय ३३ वटा रहेका उनको भनाइ छ । अदालतमा […]

माल्भिका भन्छिन्: सम्बन्ध विच्छेद गरेर पछुताएको छैन

तर आफूले सम्बन्ध विच्छेद गरेर पछुतो भने नलागेको उनले बताएकी छिन्। उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन्।...

माल्भिका भन्छिन्: सम्बन्ध विच्छेद गरेर पछुताएको छैन

तर आफूले सम्बन्ध विच्छेद गरेर पछुतो भने नलागेको उनले बताएकी छिन्। उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन्।...

किन हुन्छ सम्बन्ध–विच्छेद ?

सम्बन्ध–विच्छेद भनेको श्रीमान्–श्रीमतीबीचको वैवाहिक नाता–सम्बन्धबाट दायित्वरहित तवरले अलग हुने कानुनी आधार हो । यसलाई प्राचीनकालमा पारपाचुके, छोडपत्र भनिन्थ्यो भने परिष्कृत रूपमा सम्बन्ध–विच्छेद भन्ने गरिन्छ । यसलाई अंग्रेजीमा ‘डिभोर्स’ भनिन्छ भने नेपालीमा पनि डिभोर्स शब्द नै बढी प्रचलनमा रहेको पाइन्छ । नेपालमा सम्बन्ध–विच्छेदको अभ्यास प्राचीन समयदेखि नै चलनचल्तीमा रहेको पाइन्छ । किनकि प्राचीन समयका नेपालीहरूले धर्ममा […]

साउथ जोडी नागा चैतन्य र समन्थाको सम्बन्ध विच्छेद

साउथ सुपरस्टार नागा चैतन्य र समन्थाको सम्बन्ध विच्छेद भएको छ । विवाह गरेको ४ वर्षमा नै उनीहरुले एक विज्ञप्ती जारी गर्दै सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् ।

सम्बन्ध विच्छेद गर्न चाहने पुरुष धेरै भए

चुरे/मकवानपुर । पाँच वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको २ वर्षमै उनीहरु छुट्टिने प्रक्रियामा छन् । उनीहरु अर्थात मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका ७ का गोकर्ण र कञ्चन घिमिरे । दुबै जना वैदेशिक रोजगारीबाट अघिल्लो साल नेपाल फर्केका थिए । अहिले आपसी समझदारीमा सम्बन्ध विच्छेदको तयारी छन् । “दुबै जना आपसमा सँगै हुँदा भन्दा अलग […] The post सम्बन्ध विच्छेद गर्न चाहने पुरुष धेरै भए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.