काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका पूर्व केन्द्रीय महासचिव पदम पालुङवालाई तरुणदलले आर्थिक सहयोग गरेको छ । लामो समयदेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेका पालुङवालाई नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा संकलित रकम हस्तान्तरण गरिएको हो । उनको उचार सहयोगार्थ एक लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ […]