‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदै

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहनुभएका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो ।           कोभिड–१९ का कारण १० महिनादेखि बन्द रहेको चलचित्र हललाई पुस २६ गते सरकारले खोल्ने अनुमति दिएसँगै श्रेष्ठ निर्माता रहेको चलचित्र प्रदर्शन गर्न लागिएको हो । निर्माता श्रेष्ठले कोभिडका समयमा बन्द रहेका हल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा ठूलो जोखिम मोलेर चलचित्र प्रदर्शनमा ल्याउन लागेको जानकारी दिनुभयो ।  “कोभिड–१९ को त्रासमा रहेका जनतालाई मनोरञ्जन दिने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । दर्शकको आशालाई निराशामा बदल्न नदिनका लागि चलचित्र प्रदर्शनमा ल्याउन लागेको उहाँको भनाइ छ । सरकारले चलचित्र हल खोल्ने वातावरण मिलाइदिएको भन्दै उहाँले सरकारलाई धन्यवादसमेत दिनुभयो ।

सम्बन्धित सामग्री

‘प्रेम गीत ३’ डिशहोममा प्रदर्शन हुँदै

काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने डिशहोमले जनाएको छ । “प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन […]

पल शाह अभिनित चलचित्र ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै

केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकी मुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा निर्देशकले उक्त चलचित्रलाई हिन्दी भाषामा स्वराङ्कन गरिएको बताएका थिए । सोही पथमा अर्को नेपाली चलचित्र ‘वीर विक्रम २’ पनि देखिएको छ । नेपाली भाषामा प्रदर्शन भइसकेको चलचित्र हिन्दीमा …

पाकिस्तानमा पहिलोपटक नेपाली चलचित्र 'प्रेम गीत ३' प्रदर्शन हुँदै

काठमाडौं । पाकिस्तानमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । भारतसहित विश्वका ३४ भन्दा बढी देशमा प्रदर्शनमा आएको ‘प्रेम गीत–३’ लाई पाकिस्तानमा पनि प्रदर्शन गर्न लागिएको हो । आगामी नोभेम्बर ४ (कात्तिक १८) गते प्रदर्शन गर्ने तयारी गरिएको निर्माता सन्तोष सेनले जानकारी दिए । “नोभेम्बर ४ बाट प्रदर्शन गर्ने तयारी...

भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै ‘प्रेम गीत ३’

काठमाडौं । फिल्म ‘​प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुने भएको छ । फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले ‘​प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने घोषणा गरेको छ । यो भारतमा हिन्दी भाषामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म हुनेछ । ‘प्रेमगीत ३’ भारतमा प्रदर्शन हुने निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालमार्फत जानकारी […]

भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै ‘प्रेम गीत ३’

फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म ‘प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने घोषणा गरेको हो ।  ‘प्रेमगीत ३’ भारतमा प्रदर्शन हुने निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। ‘खुसी उत्साह र उमंग.. हाम्रो वर्षौको मिहेनतले सार्थकता पाएको छ। हाम्रो सपना त पूरा भयो तर यतिले मात्र पुग्दैन। हामी आम नेपालीले मेरा लागि होइन, समग्र उद्योगको विका

प्रदर्शनको मुखमा रहेका तीन नेपाली फिल्म

काठमाडौं : कोरोना महामारीपछि नेपाली फिल्म उद्योग लयमा फर्किएको छ। कोरोनाका तीनवटा लहर तथा कोरोना नहुँदा ठूला विदेशी फिल्मको प्रदर्शनले गर्दा नेपाली फिल्म उद्योगले आफ्नो लय समात्न सकेको थिएन।नयाँ वर्षको अवसरमा आएका दुईवटा फिल्म 'ए मेरो हजुर ४' र कन्नड फिल्म 'केजिएफ २' मा दर्शकको उपस्थिति अझै पनि उल्लेख्य छ। दुई हप्ता दुईवटा फिल्मको राज रहेको फिल्म हलमा शुक्रबारदेखि नयाँ नेपाली फिल्म 'मन्त्र' प्रदर्शन हुँदै छ।सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको फिल्म हिमाली क्षे

फागुन १३ मा आउँदै ‘प्रेम गीत ३’ प्रदर्शन हुँदै – देशसञ्चार

काठमाडौँ – चलचित्र ‘प्रेम गीत ३’ ले फागुन १३ गते प्रदर्शन मिति तय गरेको छ। चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्र प्रदर्शनको नयाँ मिति