कैलालीको मोहन्यालका अध्यक्ष जिसस निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् । उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी सोमबार हुने जिससको निर्वाचन प्रक्रियामा गाउँपालिका अध्यक्षको हैसियतमा अधिकार प्रयोग गर्न नपाउने भएका हुन् । निर्वाचन आयोगले कैलालीका मुख्य निर्वाचन अधिकृतलाई पत्रमार्फत सार्वजनिक पदमा रहेको व्यक्तिविरुद्ध भ्रष्टाचारको मुद्दा चलेमा...