काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन खर्च सार्वजनिक गरेका छन्। काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उपाध्यक्ष मिश्रले निर्वाचन खर्च सार्वजनिक गरेका हुन्। उनले निर्वाचन अवधिभर साढे २४ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। ‘हालै सम्पन्न निर्वाचनमा मैले काठमाडौं क्षेत्र नं एकबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने क्रममा २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोगसमक्ष पेश गरेको छु