दक्षिण कोरियाबाट उन्नत जातका साँढे र गाई नेपाल ल्याइँदै

कृषि तथा पशुपन्छी मन्त्रालयले दक्षिण कोरियाबाट उन्नत जातका साँढे र गाई ल्याउने भएको छ । हेफर इन्टरनेशनल मार्फत मन्त्रालयले दक्षिण कोरियाबाट उन्नत जातका २० वटा साँढे र १ सय १ वटा गाई ल्याउन लागेको हो ।हेफर इन्टरनेशनलका अनुसार आगामी दुई महिना भित्र ती साँढे र गाई नेपाल आईपुग्ने छन् । पाँच बर्ष अघि नै प्रक्रिया सुरु गरे पनि कोभिडलगायत कारण ल्याउन नसकिएको उन्नत जातका साँढे र गाई ल्याउन भने अव बाटो खुल्ला भएको छ ।कृषि मन्त्रालयले सवै कानुनी प्रक्रिया पुरा गरी उन्नत जातका साँढे र गाई नेपाल ल्याउनका ला

सम्बन्धित सामग्री

यो हो ३ करोड रुपैयाँको साँढे, दक्षिण कोरियाबाट चार्टर प्लेनमा ल्याइयो काठमाडौं

काठमाडौं । नेपालमा दक्षिण कोरियाबाट उन्नत जातको साँढे ल्याइएको छ । दक्षिण कोरियाबाट कार्गो बीमानमा ल्याइएको साँढेको मूल्य करीब ३ करोड रुपैयाँ (२ लाख ५० हजार अमेरिकी डलर) रहेको छ ।  हेफर इन्टरनेसनल नेपालको सहयोगमा नेपाल ल्याइएको साँढेलाई त्रिभुवन विमानस्थलबाट लहानतर्फ लगिएको बताइएको छ । उक्त संस्थाको सहयोगमा ३ महीना अघि १०० भन्दा बढी गाई र साँढे नेपाल ल्याइसकिएको छ । यस अघि ल्याइएका बाच्छा बाच्छीको मूल्य २ देखि ३ हजार अमेरिकी डलर अर्थात नेपाली २ लाख ६५ हजार देखि करीब ४ लाख रुपैयाँसम्म रहेको थियो । कोरिया सरकारले अनुदानमा दिएका गाई सिन्धुलीका किसानलाई पनि अनुदानमै दिइएको थियो । पहिलेको र अहिलेको कार्गो विमान चार्टड गर्दा लागेको ढुवानी खर्च भने सबै हेफरले नै ब्यहोरेको छ । सबै बाच्छा बाच्छी किसानलाई हस्तान्तरण गरेपछि यिनको रेखदेख र पालनपोषणको सबै जिम्मा किसान र नेपाल सरकारको हुनेछ । यी गाई र साँढे 'मिल्की वे' परियोजना सञ्चालन गर्न ल्याइएका हुन् । उक्त कार्य हेफर इन्टरनेशनल, पशुसेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्डले संयुक्तरूपमा सञ्चालन गर्ने छन् ।

कोरियाबाट कोरली गाई

काठमाडौं, पुस ८ । दक्षिण कोरियाबाट नेपाल आउने जहाजमा प्रायः वैदेशिक रोजगारीमा गएका नेपाली युवा फर्किन्थे। तर शुक्रबारको दृश्य भने फरक थियो। कोरियाबाट आएको कार्गो जहाजमा नेपाली युवा होइन, कोरली गाई थिए। नेपाली युवाले दक्षिण कोरियाबाट रेमिट्यान्स भित्र्याइरहेका बेला सरकारले कोरली गाई पनि भित्र्याएको दृश्य निकै रोचक देखिन्थ्यो। कोरली गाईसँगै केही साँढे पनि थिए। कोरियाबाट […]

कोरियाबाट विमानमा काठमाडौं ल्याइयो बाच्छी र साँढे

७ पुस, काठमाडौं । हेफर इन्टरनेसनल नेपालले कोरियाबाट उन्नत जातका १ सय भन्दा बढी गाई र साँढे काठमाडौं ल्याउन सुरु गरेको छ । नेपाल सरकारलाई निःशुल्क हस्तातरण गर्ने गरी जहाजमार्फत कोरेली बाच्छी र साँढे काठमाडौं ल्याउन थालिएको छ । २० वटा होलेस्टेन साँढे (बाच्छा) र १०१ वटा होलेस्टेन गाई काठमाडौंमा ल्याउने तयारी छ । पहिलो […]

दक्षिण कोरियाबाट होलिस्टिन जातका १२१ गाई र साँढे ल्याइँदै

दक्षिण कोरियाबाट होलिस्टिन जातका एक सय २१ वटा गाई र साँढे ल्याइने भएको छ । पशु सेवा विभाग र हेफर नेपाल नामक

कोरियाबाट १२१ वटा गाई र साँढे ल्याइँदै

काठमाडौं, पुस ५ । हेफर इन्टरनेसनल नेपालले नेपाल सरकारलाई १२१ वटा गाई र साँढे दिने भएको छ । हेफरले निःशुल्क रूपमा उपलब्ध गराउने ती गाई र साँढे (बाच्छाबाच्छी) आगामी बिहीबार हस्तान्तरण गर्ने भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले माग गरेअनुसार हेफरले यी गाई तथा साँढे उपलब्ध गराउन लागेको हो । हेफरले […]

कोरियाबाट उन्नत जातका गाई र साँढे ल्याइँदै

हेफर इन्टरनेसनल नेपालले नेपाल सरकारलाई १२१ वटा गाई र साँढे दिने भएको छ । हेफरले निःशुल्क रूपमा उपलब्ध गराउने ती गाई र साँढे (बाच्छाबाच्छी) आगामी बिहीबार हस्तान्तरण गर्ने भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले माग गरेअनुसार हेफरले यी गाई तथा साँढे उपलब्ध गराउन लागेको हो ।

दक्षिण कोरियाबाट ल्याइँदै साँढे र गाई

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत दक्षिण कोरियाबाट साँढे र गाई ल्याउने भएको छ । कृषि मन्त्रालयले विगत पाँच वर्षदेखि हेफर इन्टरनेसनलमार्फत साँढे र गाई ल्याउने प्रयास गरेको थियो । त्यो बल्ल सफल हुने भएको छ । यो सबै प्रक्रिया पूरा भएपछि उन्नत जातका २० वटा साँढे र १०१ वटा गाई ल्याइने भएको हो । अबको दुई महिनाभित्र ती साँढे र गाई नेपाल आइपुग्ने हेफर इन्टरनेसनलले जनाएको छ ।

जंगबहादुरले सुरु गरेको विदेशी साँढे ल्याउने चलन महेन्द्रले स्थापित गरे

बेलायतबाट जंगबहादुरले ल्याएका जर्सी गाई र साँढे नारायणहिटी राजदरबारभित्र राखियो । बेलायती साँढेबाट नेपाली गाई गर्भाधान गराएर, उन्नत जातका गाई बनाउने भन्दै दरबारभित्रै गाई फार्म खोलियो ।

जंगबहादुरले सुरु गरेको विदेशी साँढे ल्याउने चलन महेन्द्रले स्थापित गरे

बेलायतबाट जंगबहादुरले ल्याएका जर्सी गाई र साँढे नारायणहिटी राजदरबारभित्र राखियो । बेलायती साँढेबाट नेपाली गाई गर्भाधान गराएर, उन्नत जातका गाई बनाउने भन्दै दरबारभित्रै गाई फार्म खोलियो ।

मासिँदै देशकै जेठो गौशाला

काठमाडौं । ९५ वर्षअघि निगौल गाई गौशालाको जग्गा २ सय बिघा थियो । १५ सय गाई थिए । जग्गा अतिक्रमणका कारण गौशालासँग १ सय ४८ बिघा १५ कट्ठाको मात्रै लालपुर्जा छ । गाई, बच्छाबाच्छी र साँढे गरी २ सय ९४ वटा मात्रै बाँकी छन् । झन्डै ५२ बिघा जमिन र १२ सय गाई हराएका छन् […]