बैंकले उपभोक्तालाई ब्याज तिर्न गरेको ताकेताविरुद्ध उजुरी

मोरङ– निषेधाज्ञाका क्रममा विभिन्न निजी बैँकले उपभोक्तालाई ब्याज तिर्नका लागि गरेको ताकेताविरुद्ध उपभोक्ता समूहले उजुरी गरेका छन्। सोमबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ र नेपाल राष्ट्र बैंकमा उपभोक्ता समूहले बैंकहरूले ब्याज तथा किस्ता तिर्नका लागि गरेको तोकताबारे जानकारी गराएका हुन्। पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले निषेधाज्ञाका क्रममा बैंकले किस्ता वा ब्याजका लागि सर्वसाधारणदेखि व्यवसायीसम्मलाई धम्काउने […]

सम्बन्धित सामग्री

२२ वर्षअघि अनुदानमा पाठा अहिले पैसा तिर्न दबाब

विराटनगर । विपन्न मुसहर समुदायका मानिसलाई २२ वर्षअघि अस्टे्रलिया सरकारको अनुदान भन्दै बंगुर र बाख्राका पाठापाठी वितरण गरिएको थियो । २०५८ सालमा फादर प्रकाशले मोरङको जहदा गाउँपालिकाभित्रको मुसहर (ऋषिदेव) बस्तीमा वितरण गरेको सामग्री अनुदान नभएर ऋण भएको भन्दै जबरजस्ती असुल गर्न थालिएपछि पीडितले पत्रकार सम्मेलन गरी समस्या सार्वजनिक गरेका छन् ।  जहदाका दुई सयभन्दा बढी सम्मिलित प्रकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६६ सालमा दर्ता भई सञ्चालनमा आयो । त्यसअघि अनुदान दिने फादर प्रकाशको मृत्यु भइसकेको थियो । उनकै नामबाट सहकारी दर्ता गरिएको थियो ।  सहकारीको अध्यक्ष जहदा गाउँपालिका–७ का वडाअध्यक्ष भगवान मरान्डाकी श्रीमती एलिजाबेथ हुन् । अहिले २ दशकअगाडि दिएको बंगुर र बाख्राको पाठा ऋण हो भन्दै सहकारीले ऋषिदेवसहित सीमान्तकृत सामुदायका शेयर सदस्यलाई तिर्न दबाब दिइरहेको बताइएको छ । उक्त सहकारीले संस्था स्थापना नहुँदै बंगुर र बाख्राको पाठा लिएकाहरूलाई अहिले ऋण र ब्याज तिर्न दबाब दिएको हो । जहदा गाउँपालिका–७, सितुङटोलका ५० वर्षीय हडमा किस्कुले २२ वर्षअगाडि तीनओटा बंगुरको पाठा लिएका थिए । ती पाठा अनुदान दिएको भनिएको थियो । त्यसबेला पाठा हुर्केर नयाँ बंगुर जन्माएपछि छिमेकी वा समूहलाई बंगुर दिनुपर्ने नियम थियो ।  आयआर्जनमा सहजीकरण गर्दै आत्मनिर्भर बनाउने भनेर ग्रामीण क्षेत्रका आर्थिक रूपले विपन्न र सीमान्तकृत समुदायलाई समूहमार्फत बंगुर र बाख्राको पाठा वितरण गरिएको थियो । अहिले पाठा ऋणका रूपमा दिएको भन्दै सहकारीले तिर्न दबाब दिएपछि पीडितहरू गुनासो गर्न जहदाबाट १ घण्टा पैदल हिँडेर आइतवार विराटनगर आइपुगेका थिए । उनीहरूले सहकारीमा जम्मा गरेको रकम फिर्ता हुनुपर्ने, अनुदानको नाममा बंगुर, बाख्राको पाठा वितरण गरेकोमा अहिले आएर भइरहेको रकम असुली धन्धा बन्द गरिनुपर्ने र अहिलेसम्म दिएको रकम फिर्ता गरिनुपर्ने अडानमा आफूहरू रहेको पत्रकार सम्मेलनमा बताए ।  ‘गाउँका अगुवा प्रकाश सरले दलित, मजदूर, अपांगता भएका व्यक्ति र साना किसानलाई आयआर्जनमा सहयोग गर्ने भन्दै अनुदानमा आएको बंगुर र बाख्राको पाठा दिनुभएको हो । बंगुर र बाख्राको नयाँ पाठा उत्पादन भएपछि तपाईंहरू जस्तै असहाय र विपन्न समुदायलाई दिनुपर्छ भन्ने शर्त थियो,’ उनीहरूले भनेका छन्, ‘अहिले आएर सहकारीले ऋण दिएको हो । त्यसबेलाको तीनओटा पाठाको साँवा र ब्याजसहित ७० हजार रुपैयाँ भयो भन्दै तिर्न दबाब दिइरहेको छ ।’ अरुको घरमा बनिबुतो गरेर परिवार पाल्नेले उक्त रकम तिर्ने अवस्था नरहेको पाठा लिनेमध्येका एक हडमा किस्कुले बताए । सहकारीले कर्मचारी खटाएर बंगुर र बाख्राको पाठाको साँवाब्याज तिर्न दबाब दिने गरेको पीडितले बताएका छन् । उनीहरूले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । सहकारीले जहदा–७, सितम टोलका झन्डै २ सय घरपरिवारलाई दबाब दिइरहेको बताइएको छ । शुरूमा सबैले अनुदान भन्दै बंगुर र बाख्राको पाठा लिएका थिए । अहिले आएर सहकारीले त्यसको साँवा र ब्याज तिनुपर्ने भन्दै नतिर्नेको सहकारीमा रहेको बचत र शेयर रकम फिर्ता नदिने चेतावनी दिइरहेको उनीहरूको गुनासो छ ।

‘ऋण तिर्न खोज्दा जनप्रतिनिधिबाट पिटिए’

राजविराज । मिटरब्याजीको आरोप खेपिरहेका एक जनप्रतिनिधिमामाथि सोही विषयलाई लिएर महिलाहरूमाथि निर्घात कुटपीट गरिएको आरोप लागेको छ । सप्तरीको रुपनी गाँपालिका–५ का वडाअध्यक्ष गंगाराम यादवले ऋणबापत चर्काे ब्याज लिएको र सो रकम तिरेर धितोबापत राखेको जग्गा फिर्ता गर्न नमानेको विषयमा सम्बन्धित निकायमा उजुरी गर्दा आफूहरू कुटिएको महिलाहरूको आरोप छ । शनिबार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा […] The post ‘ऋण तिर्न खोज्दा जनप्रतिनिधिबाट पिटिए’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘लघुवित्तको पैसा तिर्न मिटरब्याजमा ऋण लिने स्थिति रोक्नै पर्छ’

अहिले विदेश जान लघुवित्तबाट ऋण लिने, अनि त्यो ऋण तिर्न फेरि मिटरब्याजमा पैसा लिने स्थिति मधेशमा छ । यो समस्या समाधान गर्न नीतिगत तहमा के के गर्न सकिन्छ भन्ने हाम्रो प्रतिवेदनमा उल्लेख गरेका छौं ।

झापाका एमाले जिल्ला सदस्य खतिवडाविरुद्ध उजुरी, पीडितको रकम तिर्न आलटाल

मोरङ – झापाको बिर्तामोडस्थित एमालेका जिल्ला सदस्य उमानाथ खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी परेको छ। इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका अनुसार झापा बुद्धशान्ति गाउँपालिका निवासी खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी दर्ता भएको छ। भदौ २२ गते इप्रका अनारमनीमा उजुरी दर्ता भए पनि प्रहरीले उनलाई कारबाहीको दायरामा ल्याउन नसकेको पीडित पक्षको गुनासो छ। खतिवडाविरुद्ध उजुरी दर्ता […]

मलेसियाबाट अर्को देश जान मिल्छ कि मिल्दैन ?

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका धेरै नेपालीहरू अर्को देश पठाइदिने भन्दै ठगीमा पर्ने गरेका छन् । अमेरिका, क्यानडा, पोर्चुगल लगायतका देशमा पठाइदिने भन्दै मलेसियामै रहेका दलालहरूले उनीहरूबाट लाखौँ पैसा असुल्ने गरेका छन् । राम्रो देश गएर उतै सेटल हुने सपनासहित उनीहरू दलाललाई जति भने पनि पैसा तिर्न तयार हुने गरेका छन् । तर, वर्षौँसम्म न भनेको देश पठाउने गरेका छन्, न त दिएको पैसा फिर्ता । क्वालालम्पुरमा रहेको नेपाली राजदूतावासमा यसरी ठगीमा परेका भन्दै उजुरी आउने क्रम बढ्दो छ । त्यसरी म

सहकारी नियमनमा कडाइ गर

सहकारी विभागका अनुसार देशभर करिब ३० हजार सहकारी संस्था दर्ता छन् भने हालसम्म १२ वटा सहकारीले बचतकर्ताको रकम तिर्न नसकेर फरार भएका छन् । विभागले ती सहकारीलाई समस्याग्रस्त घोषणा गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । यस्तै, गत आर्थिक वर्षमा पनि ३ सय सहकारीविरुद्ध विभागमा विभिन्न उजुरी परेको थियो । अझै पनि सहकारीपीडितहरूले न्याय पाएका […]

भागेका छैनौं, बचतकर्ताको पैसा तिर्न प्रतिवद्ध छौं : गौतमश्री सहकारी

काठमाडौं :  गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबहादुर गौतमले भागेको भन्ने समाचार भ्रामक भएको र आफू सम्पर्कमै रहेको जनाएका छन्। काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको  उक्त सहकारी संस्थाका सञ्चालक फरार भएको  भन्दै ११ सय ४५ जना बचत कर्ताले उजुरी दिएका थिए।त्यसपछि संस्थाका अध्यक्ष गौतमले  विज्ञप्ति जारी गर्दै आफू देश बाहिर भएकाे हुँदा  सम्पर्क नभएको  र बचत कर्ताको पैसा खाएर नभाग्ने प्रतिवद्धता जनाएका छन्।&n

त्रियुगामा कांग्रेसका बसन्त बस्‍नेतको उम्मेवारी खारेजीको माग गर्दै उजुरी

काठमाडाैँ- उदयपुरकाे त्रियुगा नगरपालिका मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका बसन्तकुमार बस्‍नेतविरुद्ध उम्मेदवारी परेकाे छ। बस्‍नेतले सरकारी बक्यौता तिर्न बाँकी रहेको भन्दै उम्मेदवारी खारेजी गर्न माग गर्दै एमालेका त्रियुगा नगरपालिकाका मेयरका उम्मेदवार भागवत राउतले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्। बस्‍नेतले उम्मेदवारी दर्ता गराएर अन्तिम नामावली समेत प्रकाशन भइसकेकाे छ। राउतले साेमबार मात्र उजुरी […]

मानव बेचबिखन मुद्दामा २ वर्ष कैद सुनाइएका पत्रकार जिसी पक्राउ

घोराहि । मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका दाङका पत्रकार टोपबहादुर जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जिसीलाई उनको घरबाटै पक्राउ गरेको जानकारी दिए ।अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको भन्दै नरेश बस्नेतले जिसीविरुद्ध उजुरी दिएपछि मानव बेचबिखन ब्युरोले मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले जिसीलाई दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो जरिवानासहितको सजायँ सुनाएको थियो ।पुष १९