यहाँको दार्मा गाउँपालिकाले खानेपानी अभाव भएका बस्तीमा पानी पु-याउन खानेपानी स्रोत खोजी कार्य सुरु गरेको छ । पछिल्लो समय पानीको मुहान सुक्दै जान थालेपछि पानीको हाहाकार मच्चिन थालेको छ । जलवायु परिवर्तन र मानवीय क्रियाकलापका कारण पानीका स्रोत सुक्दै गएका छन् । तीव्र गतिमा पानीका मुहान सुक्दै जाँदा पहाडी क्षेत्रका धेरै बस्तीमा जनजीविकामा समेत असर पारेपछि पालिका पानीको स्रोतको खोजीमा जुटेको हो ।