कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भूमिगत पानीको स्रोत सुक्न थालेपछि उत्तरी जलाधार क्षेत्रतर्फ पानी पोखरी बनाउन थालिएको छ । पानी जम्मा पारी पानीको स्रोत बढाई तल्लो जलाधार
यहाँको दार्मा गाउँपालिकाले खानेपानी अभाव भएका बस्तीमा पानी पु-याउन खानेपानी स्रोत खोजी कार्य सुरु गरेको छ । पछिल्लो समय पानीको मुहान सुक्दै जान थालेपछि पानीको हाहाकार मच्चिन थालेको छ । जलवायु परिवर्तन र मानवीय क्रियाकलापका कारण पानीका स्रोत सुक्दै गएका छन् । तीव्र गतिमा पानीका मुहान सुक्दै जाँदा पहाडी क्षेत्रका धेरै बस्तीमा जनजीविकामा समेत असर पारेपछि पालिका पानीको स्रोतको खोजीमा जुटेको हो ।
काठमाडाैं । धनुषा । गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व–पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ । बढ्दो खडेरीसँगै भूमिगत पानीको स्रोत सुक्न थालेपछि यस क्षेत्रमा खानेपानी अभाव भएको हो । नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा […]
सर्लाही : यो वर्षको हिउँद महिनामा पानी पर्न नसक्दा सर्लाहीमा सुक्खापन बढ्दै गएको छ। सुक्खापनका कारण आगलागी र डढेलोको जोखिम बढेको छ। धुलो, धुवाँको प्रदूषण पनि उत्तिकै छ। पानी नपर्दा यहाँका बस्ती र खेतबारीका फाँट उजाड देखिएका छन्।विशेष गरी आकाशे वर्षाको भरमा रहेको जिल्लाको उत्तरी भेगका बस्ती उजाडिएका छन्। दक्षिणी भेगमा सिँचाइ सुविधा रहेकाले खेतबारी हरियाली देखिए पनि उत्तरी भेगमा भने खेतीबारीका फाँट बाँझो छन्। पानीको स्रोत र मुहान सुक्न थालेका छन्। यहाँ गत भदौदेखि पानी पर्न सकेको छैन।यतिखेर इनार, क
काठमाडौं, फागुन ५ । उपत्यकाका अधिकांश ठाउँमा २० वर्ष पहिला कुलो, कुवा र पोखरीमा पानी भरिएको देख्न सकिन्थ्यो । भूमिगत पानीको अत्याधिक दोहनका कारण पानीको स्रोत सुकेका छन् भने पोखरी हिटी सुख्खा देखिन थालेको छ । यो समस्या अब आउने दिनमा अझै विकराल बन्ने विज्ञले बताएका छन् । पानी व्यापारका नाममा उद्योगले भूमिगत पानीको अत्यधिक […]
काठमाडौं । यस पटक हिउँदमा वर्षा र हिमपात नहुँदा पानीको स्रोत समेत सुक्न थालेकाछन् । जसको प्रत्यक्ष प्रभाव जनजीवनसँगै हिमाल र पर्यटन क्षेत्रमा समेत परेको छ । यति खेर हिउँ परेर सेतै हुनु पर्ने हिमाल यस्तो सुक्खा र कालो पत्थरजस्तो कालाम्मे देखिन्छ । हिमपात र बर्षात नहुँदा पानीका स्रोत सुक्दै जाँदा हिमालमा पनि हिउँ पर्न […]
पशुपति क्षेत्रस्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्त्वको उमाकुण्ड जीर्ण हुँदै गएको छ । संरक्षणको अभावमा उमाकुण्डमा पानीको स्रोतसमेत सुक्न थालेको छ
पशुपति क्षेत्रस्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको उमाकुण्ड जीर्ण हुँदै गएको छ । संरक्षणको अभावमा उमाकुण्डमा पानीको स्रोत समेत सुक्न थालेको छ । वराह पुराण लगायत ग्रन्थमा सत्ययुगमा भगवती उमाले महादेव स्वामी पाऊँ भनी यहाँ तपस्या गर्नुभएकाले यसको नाम उमाकुण्ड रहेको उल्लेख छ ।
उमाकुण्डको उत्तरतिरको भाग बग्दै गएपनि यसको संरक्षण हुन नसकेको नित्य यज्ञ गर्न भागवत सन्यास आश्रम एवं गुरुकुलबाट खटिनुभएका ब्राह्मण कमल गौतमले जानकारी दिनुभयो । “उमाकुण्ड संरक्षण एवं जीर्णोद्धारका लागि विसं २०७५ देखि तीन वर्षको अवधिमा पशुपति क्षेत्र विकास कोषमा पाँच वटा निवेदन मैले नै दर्ता गरिसकेँ, काम भएन, गत असारमा पनि पहिरो गयो, हामीले नै पर्खाल लगाएर टेको दिएका छौँ”उहाँले भन्नुभयो ।
पशुपतिनाथको मूल मन्दिरको वायव्य कोणमा रहेको उमाकुण्ड शिव पाञ्चायन अनुसार निर्माण भएको विश्वास गरिन्छ । पुरातात्विक महत्वको उमाकुण्डमा वास्तु विपरीत इशान कोणमा शौचालय निर्माण गरिएको छ । इशान कोणमा निर्माण गरिएको शौचालय पनि जीर्ण बनेको छ । तीन वटा शौचालयमध्ये दुईवटा जीर्ण भएर छिर्न नसकिने भएपछि बन्द गरिएको छ ।
अत्यधिक गर्मीले सुक्खा भएपछि चितवन राष्ट्रिय निकुञ्जका ताल र पोखरी सुक्न थालेका छन्। लामो समयदेखि पानी नपरेको तथा सुक्खा र तातो हावा चल्न थालेकाले निकुञ्जका ताल र पोखरी सुक्न थालेका हुन्। निकुञ्जभित्रका पानीका स्रोत सुकेपछि पानीको खोजीमा जनावर अन्यत्र जान थालेका छन्। ताल सुक्न थालेपछि गैँडा, हरिण, मृग, जरायो, बँदेललगायतका जनावर पानीको स्रोत खोज्दै हिँडेको निकुञ्ज कार्यालयले जनाएको छ।