पानी नपर्दा सर्लाहीका किसान चिन्तित

सर्लाही : यो वर्षको हिउँद महिनामा पानी पर्न नसक्दा सर्लाहीमा सुक्खापन बढ्दै गएको छ। सुक्खापनका कारण आगलागी र डढेलोको जोखिम बढेको छ। धुलो, धुवाँको प्रदूषण पनि उत्तिकै छ। पानी नपर्दा यहाँका बस्ती र खेतबारीका फाँट उजाड देखिएका छन्।विशेष गरी आकाशे वर्षाको भरमा रहेको जिल्लाको उत्तरी भेगका बस्ती उजाडिएका छन्। दक्षिणी भेगमा सिँचाइ सुविधा रहेकाले खेतबारी हरियाली देखिए पनि उत्तरी भेगमा भने खेतीबारीका फाँट बाँझो छन्। पानीको स्रोत र मुहान सुक्न थालेका छन्। यहाँ गत भदौदेखि पानी पर्न सकेको छैन।यतिखेर इनार, क

सम्बन्धित सामग्री

खडेरीले अन्नबाली सुक्न थाले, किसान चिन्तित

लामो समयदेखि पानी नपर्दा भएको खडेरीले खेतमा लगाइएको अन्नबाली सुक्न थालेपछि बाँकेका किसान चिन्तित भएका छन्।

पर्याप्त पानी नपर्दा रोपाइँमा ढिलाइ

चितवन – पर्याप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ गर्ने किसान चिन्तित भएका छन् । नारायणी लिफ्ट सिँचाइको पानी पनि पर्याप्त मात्रामा नचल्दा पश्चिम चितवनका किसानले धान रोप्न पाएका छैनन् । सिँचाइको अभावका कारण समयमा धान रोपाइँ गर्न नपाउँदा ब्याडमै बीउ बुढिएपछि उनीहरू चिन्तित भएका हुन् । विशेषगरी भरतपुर महानगरपालिकाका किसान बीउ बुढिँदै गएपछि चिन्तित […]

पानी नपर्दा खेतमा सुक्दै तरकारी

रौतहट : केही दिनदेखि तराईमा प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनेको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन कष्टकर भएको हो।लामो समयसम्म पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्दै आएका रौतहटका किसान चिन्तित बनेका छन्। खेती किसानीबाट जीविका चलाउँदै आएका उनीहरूले लगाएका तरकारीका बोट सुक्दै गएको देखेर चिन्तित परेका हुन्।लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो। खेतबारीमा भण्टा, परबल, घिरौला, झि

अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित

सङ्खुवासभा – पानी नपर्दा र हिमपात पनि नहुँदा अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित भएका छन् । लामो समयदेखि पानी नपर्दा हिउँदे बाली तथा बगानमा अलैँचीको बोटसमेत सुक्न थालेको छ । यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको खाँदबारी नगरपालिका–४ का भीमबहादुर गुरुङले गुनासो गर्नुभयो । गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पुर्‍याउन नसकिएको उहाँको भनाइ छ । अर्का किसान मानबहादुर ...

पानी र हिउँ नपर्दा किसान चिन्तित

यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् ।

सुदूरपश्चिममा ढिलो मनसुन शुरु

–सिद्धराज भट्टसुक्खा मौसमले चिन्तित कैलाली र  कञ्चनपुर जिल्लाका किसान साउन लागेसँगै भएको मनसुनी वर्षाले खुशी भएका छन् ।  ती दुई जिल्लामा असार महिनाभरी पर्याप्तमात्रामा वर्षा हुन नसक्दा खडेरीले धान बालीमा प्रतिकूल असर पुगेको जनाउँदै किसान चिन्तित देखिएका थिए । “पर्याप्त पानी नपर्दा धान रोपाइँ गरिएको खेतमा चिरा परेर बाली बिग्रिन लागेको चिन्ता थियो”, धनगढी उपमहानगरपालिका–१३ किसान मोहन पाण्डेयले भने, “साउन लागेसँगै पर्याप्त वर्षा भएपछि अब बाली सप्रिने आशा जगाए

बाँकेमा सुक्यो रोपेको धान, किसान चिन्तित

नेपालगञ्ज – लामो समयदेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको छ। जिल्लामा असार सकिँदा ८५ प्रतिशत मात्रै रोपाइँ भएको छ। १५ प्रतिशत रोपाइँ हुन बाँकी छ। तीन सातादेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको हो। धान रोपेको गरामा धाँजा फाटेको छ। लामो समयदेखि पानी नपर्दा किसान चिन्तित भएका छन्। कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर […]

पानी नपर्दा धानको बीउ राख्न समस्या

पूर्वी नवलपरासीका किसानले लामो सममयसम्म पानी नपर्दा धानको बीउ राख्न नपाएर किसान चिन्तित भएका छन् । जेठको तेस्रो साता सकिँदा समेत बीउ राख्न नपाएपछि किसान चिन्तित बनेका हुन् ।

पानी नपर्दा किसान चिन्तित

लामो समयदेखि पानी नपर्दा अन्न बाली तथा तरकारीका बोट सुक्न थालेपछि कपिलवस्तुका किसान चिन्तित भएका छन्। पानी नपर्दा हिउँदे बाली तथा तरकारीको बोटसमेत सुक्न थालेका छन्। यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको कपिलवस्तु नगरपालिका–६ का राधेश्याम यादवले गुनासो गर्नुभयो। गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पु-याउन नसकिएको उहाँको भनाइ छ।