राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ११ औं महाधिवेशनबाट अध्यक्षमा लक्ष्मीप्रसाद पाण्डेय चयन भएका छन् । भदौ ३० र ३१ गते पोखरामा सम्पन्न महाधिवेशनबाट पाण्डेयको अध्यक्षतामा दुई वर्षका लागि ४१ सदस्यीय कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा बद्रिप्रसाद तिमिल्सिना, उपाध्यक्षहरुमा लक्ष्मी ज्ञवाली, ईश्वर उप्रेती, लूजः श्रेष्ठ र महासचिवमा रबिन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । यसैगरी, उपमहासचिवमा श्रवणकुमार सिंह, पेसल नेपाल, सचिवहरुमा कविप्रसाद बराल, कृष्णप्रसाद लम्साल,