काठमाण्डाै – नेपाली कांग्रेसले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार सबै हिसाबले असफल भएको र देशलाई कम्युनिस्टकरण गर्न खोजेको आरोप लगाएको छ । पालिका चुनावको घोषणापत्रमार्फत कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले राज्यका सबै संरचना ध्वस्त बनाएको, संविधान मास्न खोजेको, भ्रष्टाचारमा डुबेको लगायतका कयौँ आरोप लगाएको छ । कांग्रेसले भनेको छ, ‘जसरी राजनीतिक दृष्टिले सरकार बनेको दिनदेखि नै सर्वसत्तावादी र अधिनायकवादी शासन गर्न उद्दत रहेको थियो, त्यसैगरी शासकीय दृष्टिले पनि नेकपाको सरका...