काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुने निश्चित भएको दिनमा अदालतले एमाले र माओवादीलाई दुई पार्टी बनाइदिएको बताएका छन्। सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।‘तपाईंहरुलाई केपी ओलीसँग मिल्यो भन्ने लागेको होला। हाम्रो सपना गलत थिएन, सही थियो। देशभरका जनताले मूल्याङ्कन पनि गरेका हुन् तर ओली अवसरवादी भए,’ उनले भने, ‘माइतीघरमा बस्दा ओली समूहले बिचरा भनेका थिए। पछि विशाल हुरीमा