नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवार र स्वार्थी प्रवृत्तिले केन्द्रदेखि प्रदेशसम्मका एमालेका सरकार ढलेका बताएका छन् ।
दल विभाजन गरेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै अध्यक्ष ओलीले आन्दोलन विभाजित गरिएको बताए ।
‘निरसहरूका गैरजिम्मेवार र स्वार्थी प्रवृत्तिले बिगार्यो । उनीहरूले पार्टीमा हुँडलो मच्चाए । उनीहरूकै कारण आन्दोलन विभाजित भयो । केन्द्रदेखि प्रदेशसम्मका सरकार पनि ढले । अब हामी अन्तिम कित्ताकाटको अवस्थामा आइपुगेका छौं,’ पा...