बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिको ठूलो युद्धको योजना गरिरहेको बताउनुभएको छ ।
बीबीसीसँगको कुराकानीमा प्रधानमन्त्री जोनसनले अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार रुसले युरोपमा सन् १९४५ पछिको ठूलो युद्धको तयारी गरिरहेको बताउनुभएको हो । उहाँले युद्धका केही सङ्केतहरु सुरु भइसकेको भन्दै रुसको योजना सुरु भइसकेको बताउनुभयो ।
रुसले युक्रेनको राजधानी किभलाई घेरेर आक्रमण गर्ने अन्तिम तयारी गरेको प्रमाणहरु गुप्तचर निकायले प्राप्त गरेका प्रधानमन्त्री जोनसनको भनाइ छ । युक्रेनको सीमा क्षेत्रम...