रुसले १९४५ पछि कै ठूलो युद्धको योजना बनाइरहेको छ : जोनसन

रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाइरहेको तथ्यहरुले सङ्केत गरेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दाबी गरेका छन् । बीबीसी अन्तरवार्तामा जोनसनले योजना कार्यान्वयन सुरु पनि भइसकेको बताएका हुन् ।खुफिया जानकारी अनुसार रुसले आक्रमण सुरु गरेर युक्रेनको राजधानी किएभलाई घेर्ने योजना बनाएको जोनसनको भनाइ थियो । ‘यदि त्यो भयो भने मानिसहरूको ज्यानको ठूलो मूल्य चुकाउनु पर्ने कुरालाई सबैले बुझ्न जरुरी छ,’ उनले भने । वार्षिकरुपमा गरिने सुरक्षासम्बन्धी बैठकमा सहभागी हुने म्युनिखमा