अमेरिकामा मृत्युदण्ड पर्खिरहेकी एक महिलालाई सर्वोच्च अदालतले कानूनी अडचन फुकाएपछि विषालु सुई दिएर मृत्युदण्ड दिइएको छ ।
लिसा मोन्टगोमरी नामक ५२ वर्षीया ती महिलालाई स्थानीय समयअनुसार बुधवार बिहान १ः३१ मा इन्डियानास्थित फेडरल करेक्सनल कम्प्लेक्समा मृत घोषणा गरिएको हो । राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा मृत्युदण्ड पाउने उनी शायद अन्तिम कैदी हुन् ।
कान्सास घर भएकी मोन्टगोमरीले मिसूरीमा सन् २००४ मा गर्भवती महिला बबी जो स्टिनेटको पेट काटेर बच्चा निकालेकी थिइन् र आफ्नै बच्चा जस्तो गरी प्रस्तुत गर्न ख...