भक्तपुर : अरनिको राजमार्गअन्तर्गत भक्तपुर-बनेपा खण्डको बैकल्पिक सडकका रुपमा रहेको च्याम्हासिंह–ताथली–नाला सडकमा गरिएको कालोपत्रे तीन दिनमै उप्किएको छ।खाल्डाखुल्डी परेर जीर्ण बनेपछि डिभिजन सडक कार्यालय भक्तपुरले सडक मर्मत गरिरहेको छ। मर्मतका लागि ब्राइट तेज स्लेट जेभीले करिब तीन करोड रुपैयाँमा ठेक्का पाएको छ। ठेकेदार र सडक विभागबाट खटिएका इञ्जिनियरको लापरवाहीले गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ।स्थानीयका अनुसार केही महिनाअघि चिसो मौसमका कारण सडकको स्तरोन्नतिको काम रोकिएको थियो। गर्