प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
मन्त्रिपरिषद् बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
प्रधानमन्त्रीले प्रतिनिधि सभाको सोमवारको बैठकमा विश्वासको माग माग्दै राखेको प्रस्ताव अस्वीकृत भएपछि पहिलोपटक सोमवारै मन्त्रिपरिषद् बैठक बसेको हो ।