माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित

लामो रस्साकस्सीबीच नेकपा (माओवादी केन्द्र)ले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुङ्गो लगाएको छ । गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । उहाँले १६२ मत ल्याउनुभयो । पौडेलको प्रतिस्पर्धी दीनानाथ गौतमले ८६ मत ल्याउनुभएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ । यस्तै प्रदेश समितिको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी, सचिवमा इन्द्रबहादुर थिङ, सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा सङ्गीता भट्टराई निर्वाचित हुनुभएको निर्वाचन प्रमुख सुन्दरराज रेग्मीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

एमाले बागमती प्रदेश कमिटीमा कार्यविभाजन

एमाले बागमती प्रदेश कमिटीले कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरेको छ । बागमती एमालेले प्रथम अधिवेशनबाट निर्वाचित दुई सय ४७ सदस्यीय नयाँ नेतृत्वको कार्यविभाजन गरेको हो ।  प्रदेश कमिटी अध्यक्ष कैलाश...

आचार्य बन्धु समाजको बागमती प्रदेश अध्यक्षमा जयराज आचार्य निर्वाचित

काठमाडौं । आचार्य बन्धु समाज नेपाल बागमती प्रदेशको अध्यक्षमा जयराज आचार्य निर्वाचित हुनुभएको छ । आइतबार काठमाडौंमा आचार्य बन्धु समाजको अधिवेशनबाट बागमती प्रदेश अध्यक्षमा जयराज आचार्य दोस्रो पटक निर्वाचित हुनुभएको हो । समाजको उपाधयक्षमा घनश्याम आचार्य, महासचिवमा लक्ष्मण आचार्य, सचिवमा रामकुमार आचार्य, सहसचिवमा अर्जुन आचार्य तथा कोषाध्यक्षमा शैलेश आचार्य निर्वाचित भएका छन् । त्यसैगरी निर्वाचित […]

बागमती प्रदेश फुटबल संघको अध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित

बागमती प्रदेश फुटबल संघको अध्यक्षमा निरोज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काभ्रेको धुलिखेलमा भएको बागमती प्रदेश फुटबल संघको प्रथम अधिवेशनले श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो । प्रथम अधिबेशनले एक...

अफिन बागमती प्रदेश अध्यक्षमा चण्डेश्वरा नन्द राज वैद्य निर्वाचित

निजी अस्पतालहरुको छाता संस्था एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को बागमती प्रदेश अध्यक्षमा चण्डेश्वरा नन्द राज वैद्य निर्वाचित भएका छन्। वैद्य चिरायु अस्पतालका संचालक हुन्।

कांग्रेस बागमती प्रदेश दलको नेतामा लामा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले अर्का प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गरेका हुन् । केन्द्रीय सदस्यसमेत रहेका लामाले २१ र बानियाँले १६ मत पाए । बानियाँ यसअघि पाँच वर्ष दलको नेता थिए । लामा र बानियाँ दुवै संस्थापन पक्षका नेता हुन् […] The post कांग्रेस बागमती प्रदेश दलको नेतामा लामा निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा लामा निर्वाचित

काठमाडाैं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएकाे छ । आज दिउँसाे भएकाे निर्वाचन प्रणालीमार्फत उहाँ प्रदेश संसदीय दलकाे नेतामा निर्वाचित हुनुभएकाे हाे । उहाँका प्रतिद्वन्द्वी इन्द्र बहादुर बानियाँ भने पराजित हुनुभएकाे छ । लामाले २१ मत पाउँदा उहाँका प्रतिद्वन्द्वी बानियाँले भने १६ मत मात्र प्राप्त गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा रन्जित र केसी निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा ध्यानगोविन्द रन्जित र राजन केसी निर्वाचित भएका छन् । रन्जित २४ सय १९ र केसी २१ सय २९ मत ल्याएर निर्वाचित भए ।  दुई...

माओवादी केन्द्र बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री  निर्वाचित

माओवादी केन्द्र बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री  निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनबाट दीननाथ गौतमलाई पराजित गर्दै सहयात्री विजयी भएका हुन् ।  प्रदेश नेतृत्व चयनका लागि माओवादीमा आन्तरिक...

माओवादीको बागमती प्रदेश पदाधिकारीमा को-को ?

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा दिनानाथ गौतमलाई पराजित गरी पौडेल बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याएका छन् भने गौतमले ८६ मत मात्र पाए । यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेम बहादुर पुलामी 'छिन्तु' र रामप्रसाद ढुंगाना विजयी भएका छन् ।सचिव इन्द्र बहादुर थिङ 'छिन्ताङ' निर्वाचित हुँदा सह सचिवमा दल बहादुर बुर्लाकोटी 'बिजय', माधव लामिछाने 'समिर' र प्रका

काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।...